काठमाडौं- इजलास बहिष्कार गरे बेग्लै छलफलमा जुटेका सर्वोच्च अदालतका न्यायाधीशहरू फुलकोर्टमा सहभागी भएका छन्।
फुलकोर्ट केहीबेरअघि सुरु भएको छ। बैठकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनमा शोक प्रस्ताव पारित हुने एक न्यायाधीशले बताए।
फुलकोर्टमा सहभागी हुनुअघि न्यायाधीहरूले छुट्टै छलफल गरेका थिए। उनीहरू प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्छ भन्नेमा अडिग देखिएका छन्।
मंगलबारको भेटमा राणाले न्यायाधीशहरूलाई आफूले राजीनामा नदिने अडान सुनाएका थिए। पछिल्लो समय सर्वोच्च अदालतमा न्यायाधीश र प्रधानन्यायाधीशबीच 'वारपार' चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।