काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले आगामी कात्तिक १५ गतेसम्म कर्णाली सरकारको नेतृत्व परिवर्तन हुने दाबी गरेका छन्।
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच कात्तिक १५ गतेसम्म सरकार छाड्ने लिखित सहमति भएको बताएको बताउँदै शाहीले सहमति कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताए।
माओवादी केन्द्रका नेतासमेत रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि गठबन्धनबाट आफू मुख्यमन्त्री बन्ने उनले बताए।
‘माओवादी केन्द्र र कांग्रेसबीच कात्तिक १५ गते सत्ता छाडेर आधा कार्यकाल कांग्रेसलाई नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको थियो’ नेपाल लाइभसँग कुरा गर्दै शाहीले भने, ‘आगामी कात्तिक १५ गतेभित्र मुख्यमन्त्री शाहीले राजीनामा दिएर मार्गप्रशस्त गर्नु हुनेछ भन्नेमा आशावादी छौं।
यदी मुख्यमन्त्री शाहीले नेतृत्व हस्तान्तरण नगरेमा अर्को विकल्प सोचिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।