प्रधानमन्त्री शेरबहादुर देउवा र बेलायती राजदूत निकोला पोलिट।
काठमाडौं- दुई शक्तिशाली देशका राजदूतले प्रधानमन्त्री र रक्षामन्त्रीलाई छुट्टाछुट्टै भेट गरेका छन्।
नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री शेरबहादुर देउवा र चिनियाँ राजदूत होउ यान्छीले रक्षामन्त्री मिनेन्द्र रिजाललाई भेटेका हुन्।
प्रधानमन्त्री र बेलायती राजदूतबीचको भेट प्रधानमन्त्रीनिवास बालुवाटार तथा रक्षामन्त्री र चिनियाँ राजदूतबीचको भेट सिंहदरबारस्थित रक्षा मन्त्रालयको भएको हो।
प्रधानमन्त्री देउवासँगको भेटमा जलवायु परिवर्तन, कोप २६ सम्लेलनका विषयमा छलफल भएको राजदूत पोलिटले बताएकी छन्। देउवा कोप २६ सम्मेलनमा भाग लिन शुक्रबार स्कटल्याण्ड जाँदैछन्।
रक्षामन्त्री मिनेन्द्र रिजाल र चिनियाँ राजदूत होउ यान्छी।
रक्षामन्त्री र चिनियाँ राजदूतबीचको भेटमा सीमा सुरक्षा, द्विपक्षीय हित र आपसी सहयोगका विषयमा छलफल भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।