काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले एकल इजलास सुरु गरेका छन्। बुधबारका लागि प्रधानन्यायाधीश राणाले आफ्नो एकलसहित ११ वटा इजलास तोकेका थिए।
उनले आफूसहित पाँच न्यायाधीशको संवैधानिक इजलाससमेत तोकेका थिए। अन्य न्यायाधीशहरुले भने इजलास सुरु गरेका छैनन्। अरु न्यायाधीशहरु भने आन्तरिक छलफलमै व्यस्त छन्।
आजका लागि राणाले प्रधानन्यायाधीश वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलास तोकेका थिए।
अन्य न्यायाधीशहरुका लागि नौ वटा इजलासमा पेसी तोकेका छन्। न्यायाधीशहरु दीपककुमार कार्की र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र प्रकाशमान सिंह राउत, हरिकृष्ण कार्की, सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराई, वमकुमार श्रेष्ठ र कुमार चुडाल, टंकबहादुर मोक्तान र कुमार रेग्मी त्यस्तै प्रधानन्यायाधीश राणाले प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको इजलास तोकेका छन्।
सर्वोच्चका १५ न्यायाधीशहरु प्रधानन्याधीश राणाको राजीनामाको पक्षमा छन्। राणा सर्वोच्चमा एक्लो भएपनि उनले आफूले राजीनामा नदिने बताएका छन्। मंगलबार आफूलाई सामूहिक रुपमा भेट्न पुगेका न्यायाधीशहरुलाई पदबाट राजीनामा नदिने र महाअभियोग लगाए सामाना गर्ने जवाफ राणाले दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।