काठमाडौं– मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा आगामी शुक्रबार बाँडफाँट हुने भएको छ। सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे आईपीओ बाँडफाँट गरिनेछ।
कम्पनीको आईपीओमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट ३ करोड ४३ लाख ६० हजार १० कित्ताका लागि आवेदन परेको छ। कम्पनीको सेयरमा सर्वसाधारणबाट मागभन्दा ४.१९ गुणा बढी आवेदन गरेको विक्री प्रबन्धकले जनाएको छ।
कम्पनीले असोज २० गतेबाट २५ गतेसम्म कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो। कुल सेयरमध्ये ५% अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४% अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।