• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चका 'विद्रोही' न्यायाधीशहरुको विश्लेषण- प्रधानन्यायाधीश राणालाई केपी ओलीको ब्याकअप!

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक ९, २०७८  २२:४४
1140x725

काठमाडौं– न्यायपालिका प्रमुख (प्रधानन्यायाधीश) चोलेन्द्र शमशेर राणा अहिले कार्यपालिका प्रमुख (प्रधानमन्त्री)सँग पदको 'बार्गेनिङ' गरेर विभिन्न नियुक्तिदेखि मन्त्रिपरिषद्‌मा समेत आफ्नो हिस्सा ओगट्ने खेलमा लागेको भनेर आलोचना र विवादको केन्द्रमा छन्। 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग 'बार्गेनिङ' गरेर संवैधानिक निकायहरुमा 'हिस्सा लिएको' आरोप लागेका प्रधानन्यायाधीश राणाले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा तथा सत्तारुढ गठबन्धनसँग बार्गेनिङ गरेर आफ्ना जेठान (गजेन्द्र हमाल)लाई मन्त्री बनाएको आरोप लागेको छ। राणाले मन्त्रिपरिषद्‌मा हिस्सा लिएको विषय सार्वजनिक भएपछि हमालले मन्त्री पदबाट राजीनामा त दिए, तर यो प्रकरणले न्यायालयको विवाद झन् गम्भीर मोडमा पुगेको छ। 

सर्वोच्च अदालतका २१ जना न्यायाधीशमध्ये १५ जना न्यायाधीश प्रधानन्यायाधीश राणाको विपक्षमा देखिएका छन्। आइतबार १४ जना न्यायाधीशले इजलास नै छाडेर छुट्टै छलफल गरेका थिए। सोमबार पनि १३ जना न्यायाधीशहरु छुट्टै छलफलमा बसे। सोमबार १३ जना न्यायाधीशहरुबीच बनेको समझदारीअनुसार मंगलबार १५ जना न्यायाधीशले प्रधानन्यायाधीश राणालाई भेटेर पदबाट राजीनामा दिन माग गरे। राणाले भने सहजै राजीनामा नदिने बताएका छन्। 

नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वोच्चका बहुमत न्यायाधीशहरु प्रधानन्यायाधीश हटाउन 'आन्दोलित' बनेका छन्। यसअघि तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले जन्ममिति सच्याएको प्रकरणमा अहिलेका प्रधानन्यायाधीश राणाकै नेतृत्वमा 'बिद्रोह' भएको थियो। त्यतिबेला राणाले पराजुलीसँगको संयुक्त इजलास बहिस्कार गरेका थिए।  

अहिले राणा आफैं बहुमत (१५ जना) न्यायाधीशको विरोधको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन्। मंगलबार आफ्नो राजीनामा माग्न आएका १५ जना न्यायाधीशलाई राणाले राजीनामा नदिने बताएका छन्। अरु न्यायाधीशको बारेमा पनि प्रश्न उठेको र प्रश्न उठेका जति न्यायाधीशले राजीनामा दिएमा आफूले पनि सोच्ने राणाको भनाइ थियो। 

मंगलबारको बैठकमा राणाले राजीनामा दिनैपर्ने भए दोस्रोपटक भएको प्रतिनिधि सभा विघटनको निर्णय उल्ट्याउन फैसला सुनाउने न्यायाधीशले पनि राजीनामा दिनुपर्ने तर्क गरेको बैठकमा सहभागी एक न्यायाधीशले जानकारी दिए।    

'हामी न्यायपालिकाको प्रमुखले राजदूतदेखि संवैधानिक अङ्ग र मन्त्रिपरिषद्‌मै भाग लिएको कुरा उठाउँदै आएका छौं, तर प्रधानन्यायाधीशले प्रतिनिधि सभा विघटनको मुद्दामा फैसला सुनाएका चार जनासँग उल्टै राजीनामा माग्नुभयो,’ मंगलबार राणालाई भेट्न गएका १५ जना न्यायाधीशमध्येका १ न्यायाधीशले नेपाल लाइभसँग भने। 

मंगलबारै संघीय संसद्‌को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुन:स्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्ने सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

मङ्‍गलबार एमालेका ७५३ स्थानीय तह (पालिका)हरुको अधिवेशनलाई 'भर्चुअल' उद्घाटन गर्दै ओलीले भनेका थिए- 'परमादेश एक जनाले होइन, पाँचै जनाले गर्नुभएको थियो होला। त्यसो हो भने एक जनासँग किन राजीनामा माग गर्नुहुन्छ, श्रीमान्‌ज्यूहरु? पाँचै जनाले परमादेश गरेर देश यो हालतमा पुर्‍याउनुभएको छ त पाँचै जनाले राजीनामा गरे उपयुक्त होइन र?'

मंगलबारको भेटमा राणाले पनि ओलीकै शैलीमा संसद पुन:स्थापनाको फैसला सुनाउने आफू नेतृत्वको संवैधानिक इजलासका अन्य ४ जना न्यायाधीशको राजीनामा मागेको ती न्यायाधीशले सुनाए। 

'सर्वोच्चको फैसलापछि प्रधानमन्त्री पद गुमाएर प्रतिपक्षी बनेको दलका नेताले जस्तै उहाँ (प्रधानन्यायाधीश)ले पनि उल्टै ४ जना न्यायाधीशको राजीनामा माग गर्नु संयोग मात्र मान्न सकिएला र?', सर्वोच्चका ती न्यायाधीश भन्छन्, 'उहाँको कुरा गराइको शैलीले त उहाँलाई प्रतिपक्षी दलको पूर्ण ब्याकअफ (समर्थन) छ जस्तो देखियो।'

मंगलबार प्रधानन्यायाधीशलाई भेटेपछि सर्वोच्चका न्यायाधीशहरु पुन: आन्तरिक छलफलमा जुटेका थिए। छलफलका क्रममा आफूहरुबीच न्यायालयमा अहिले देखिएको विवादमा प्रतिपक्षी दलको भूमिका, सत्तारुढ गठबन्धनको मौनता लगायत विषयमा छलफल भएको अर्का एक न्यायाधीशले बताए। 

'आज (मंगलबार) केही ठोस छलफल भएको छ र प्रधानन्यायाधीशको धाराण पनि बुझेका छौं,’ ती न्यायाधीशले नेपाल लाइभसँग भने, ‘भोलि (बुधबार) हामी एउटा निर्णय दिन्छौं।’ 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  २२:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३८ छावाको बाबु बनेको ‘रोनाल्डो’ हात्तीको मृत्यु
सिंहदरबार र संसद् जलाउने कुरा घटनाअघि नै चलिसकेको थियो : ओली
संविधान आफैंले परिवर्तन ल्याउँदैन, कार्यान्वयन गर्ने हात इमानदार हुनुपर्छ:  प्रधानमन्त्री बालेन
सम्बन्धित सामग्री
सिंहदरबार र संसद् जलाउने कुरा घटनाअघि नै चलिसकेको थियो : ओली पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । शनिबार, असोज ३, २०८३
संविधान आफैंले परिवर्तन ल्याउँदैन, कार्यान्वयन गर्ने हात इमानदार हुनुपर्छ:  प्रधानमन्त्री बालेन संविधान दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री शाहले संविधानको अक्षर र भावनालाई आत्मसात् गर्दै सरकार अघि... शनिबार, असोज ३, २०८३
संविधानको समीक्षा सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गरौँ : रवि संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति लामिछानेले संविधान एक जीवन्त दस्तावेज भएकाले राजनीतिक अभ्यासका आधारमा यसको प... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
३८ छावाको बाबु बनेको ‘रोनाल्डो’ हात्तीको मृत्यु शनिबार, असोज ३, २०८३
सिंहदरबार र संसद् जलाउने कुरा घटनाअघि नै चलिसकेको थियो : ओली शनिबार, असोज ३, २०८३
संविधान आफैंले परिवर्तन ल्याउँदैन, कार्यान्वयन गर्ने हात इमानदार हुनुपर्छ:  प्रधानमन्त्री बालेन शनिबार, असोज ३, २०८३
यसरी मनाइयो सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस (तस्बिरहरू) शनिबार, असोज ३, २०८३
संविधानको समीक्षा सीमान्तकृत नागरिकलाई केन्द्रमा राखेर गरौँ : रवि शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
सिंहदबारबाट पक्राउ परेका गाउँपालिका अध्यक्ष २२ लाख धरौटी बुझाउन नसकेपछि कारागार चलान शुक्रबार, असोज २, २०८३
असनमा प्रहरीको अपरेशन : डेढ किलो सुनसहित समातिए भारतीय गिरोहका सदस्य शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्