काठमाडौं– वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायीहरुको संगठनको संयोजक बनेका छन्।
माओवादी केन्द्रले श्रेष्ठलाई पार्टी निकट गणतान्त्रिक कानुन व्यवसायी संगठनको संयोजक चयन गरेको हो।
माओवादी केन्द्रका एक नेताका अनुसार पार्टीको हालै बसेको बैठकले श्रेष्ठलाई गणतान्त्रिक कानुन व्यवसायी संगठनको संयोजक बनाउने निर्णय गरेको हो।
श्रेष्ठ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लोपटक प्रधानमन्त्री बन्दा महान्यायाधीवक्ता थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।