काठमाडौं– वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सर्वोच्चबाट नहटेसम्म बार (कानुन व्यवसायी)ले इजलासमा बहस नगर्ने बताएका छन्।
नेपाल बार एसोसिएशनका पूर्व अध्यक्ष समेत रहेका थापाले मंगलबार बसेको बार सल्लाहकार समितिको बैठकमा प्रधानन्यायाधीश राणाले राजीनामा नदिएसम्म कानुन व्यवसायीले बहस गर्न नहुने सुझाव दिएका हुन्।
न्याय क्षेत्रमा गम्भीर विचलन देखिएको र यस्तो अवस्थामा बारले हेरेर मात्रै बस्न नहुने थापाको भनाइ छ।
‘न्याय क्षेत्रमा गम्भीर विचलन देखिएको छ। प्रधानन्यायाधीश राणा विवादमा आइसकेका छन्। आफैंले निकास दिने भनेको राजीनामा दिने हो,’ उनले भने, ‘अब प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा पदमा रहेसम्म नेपाल बारले वकालत नै ठप्प पार्नेछ।’
बारका सल्लाहाकारको वैठकपछि त्यही निर्णय हुने थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।