काठमाडौं- साताको तेस्रो दिन मंगलबार (आज) नेपालको सेयरबजार उच्च अंकले बढेको छ। आज पुँजीबजार मापक परिसूचक नेप्से ७८.८२ अंकले बढेर २७५१.०७ विन्दुमा उक्लिएको छ।
नेप्सेमा आज छ अर्ब ३१ करोड ८३ लाख ४० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२७ वटा कम्पनीका एक करोड १४ लाख ८६ हजार १२३ कित्ता सेयर ७२ हजार ९७३ पटक किनबेच भएका थिए।
आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ११.५० अंकले बढेर ५१६.०८ विन्दुमा उक्लिएको छ।
सातवटा कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले वृद्धि हुँदा कारोबारमा सकारात्मक सर्किट लागेको थियो। अरु दर्जनभन्दा बढी कम्पनीको मूल्य पनि सर्किट विन्दुनजिक पुगेको थियो। साना किसान विकास बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै २.०० प्रतिशतका दरले गुमाएका छन्।
आज कामना सेवा विकास बैंक लिमिटेडको सेयर सबैभन्दा धेरै ४४ करोड ७४ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सोही बैंकको सेयर सबैभन्दा धेरै छ लाख १७ हजार ७६३ कित्ता तीन हजार १०५ पटक किनबेच भएको नेप्सेले जनाएको छ।
आज सबै उपसमूहको परिसूचकमा हरियाली छाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।