काठमाडौं- विश्वको सर्वश्रेष्ठ रोजगारदाता कम्पनीको सूचीको पहिलो नम्बरमा सामसङ इलेक्ट्रोनिक्स परेको छ। विश्वप्रसिद्ध पत्रिका फोर्ब्सले हालै सार्वजनिक गरेको एक रिपोर्टअनुसार छनोटमा परेका ७५० कम्पनीलाई उछिन्दै दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सले आफूलाई पहिलो नम्बरमा उभ्याउन सफल भएको हो।
छनोटमा परेका विभिन्न ७५० कम्पनीमध्ये शीर्ष २० कम्पनीहरुको प्रतिस्पर्धामा सामसङ अगाडि आउन सफल भएको हो। फोर्ब्सले वर्षेनी सार्वजनिक गर्ने आफ्नो विभिन्न विधाको अध्ययनमा दक्षिण कोरियाली कम्पनी सामसङले वर्षेनी आफ्नो अग्रस्थान कायम गर्दै आइरहेको छ।
फोर्ब्सको छनोटमा परेका शीर्ष २० कम्पनीहरुमा सामसङपछि दोस्रो स्थान आईबीएमले लिन सफल भएको छ। यस्तै तेस्रोमा माइक्रोसफ्ट, त्यसपछि क्रमशः एमाजोन, एप्पल, अल्फाबेट, डेल, हुवावे, एडोव, बीएमडब्ल्यू, कोस्टको, कोकाकोला, सिस्को, एडिडास, सिमेन्स, साउथवेस्ट एयरलाइन्स, एयरवस, डा. वेइटेकर, डेसल्ट र डेल्टा कम्पनी परेका छन्।
कोरोना महामारीका कारण विश्वबजार नै अप्ठ्यारोमा परेका बेलासमेत सामसङले आफूलाई विश्वको सर्वश्रेष्ठ रोजगारदाता कम्पनीको सूचिको पहिलो नम्बरमा राख्न सक्नुलाई महत्त्वका साथ हेरिएको छ। नेपालमा पनि दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसङको महत्त्वपूर्ण हिस्सा रहेको छ। पछिल्लो समयमा यसका प्रयोगकर्ता झनै बढ्दै गएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।