काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई सर्वोच्च अदातलको गुटबन्दीमा पस्नु नभएको बताएका छन्।
मंगलबार प्रेस चौतारी मोरङद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले सर्वोच्च अदालत विश्वसनीय र महत्त्वपूर्ण अंगको रुपमा रहनुपर्ने विषयमा आफूहरुको चिन्ता भएको बताए।
'सर्वोच्च अदालतभित्रको अस्वस्थ अशोभनीय गुटबन्दीमा पस्नुछैन। हामीलाई त्यहाँभित्रका केका खिचातानी हुन्, त्यसमा पनि पस्नुछैन', उनले भने।
ओलीले लोकतन्त्रका विरुद्ध असार २८ को फैसला पाँच जनाले गरेको बताए। 'पाँच जनाको फैसला आउँदाखेरी त, अनि बारले डेलिगेसन गइगइकन इजलास तोकेको होइन र? अधिवक्ताहरुले उफ्रीउफ्री इजलास तोकेको होइन र?', उनको प्रश्न थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।