काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पालिका अधिवेशन उद्घाटन गरेका छन्। मंगलबार पार्टीको केन्द्रीय कार्यालय थापाथलीबाट उनले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अधिवेशन उद्घाटन गरेका हुन्।
'म केन्द्रीय कार्यालयबाट एकमुष्ट रुपमा अधिवेशन उद्घाटन भएको घोषणा गर्दछु। यस्तो अधिवेशन एकैपटक जुमको माध्यमबाट उद्घाटन गर्नु सजिलो कुरा होइन। विज्ञान र प्रविधिको माध्यमबाट यो सम्भव भएको छ,' ओलीले भने।
उनले सबै अधिवेशनहरु भव्यताका साथ सफलतापूर्वक सुसम्पन्न हुन् भनेर शुभकामना पनि व्यक्त गरे। 'अधिवेशनबाट निर्वाचित हुने सबै पदाधिकारी र पालिका र इलाका स्तरका सबै सदस्यहरुलाई अग्रिम रुपमा बधाई र शुभकामना दिन चाहन्छु,' उनले भने।
एमालेले कात्तिक ६ गते वडा अधिवेशन पनि उनले यसैगरी उद्घाटन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।