काठमाडौं– नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राज्यका तीन अंगले नियन्त्रण गुमाउँदा असफल राष्ट्र हुने चिन्ता व्यक्त गरेका छन्।
पछिल्लो समय प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको भूमिकामाथि प्रश्न उठेको छ। राज्यका तीनै अंग, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामा विग्रह र विवादित स्थिति देखिएको नेता सिंहले टि्वटमा उल्लेख गरेका छन्।
तीन अंगबीचको शक्तिपृथकीकरण, नियन्त्रण र सन्तुलनको सीमा र मर्यादा प्रमुखबाटै उल्लंघन गरिएको उनले बताए।
सन्तुलनको सीमा र मर्यादा मूल नेतृत्वमा रहेकाले लत्याउँदा राज्यको आफ्नो हैसियत,चरित्र र मर्यादा गुमाउँदै असफल राष्ट्र उन्मुख हुने खतरा रहेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।