काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिने बताएका छन्। मंगलबार आफूलाई भेट्न पुगेका सर्वोच्च अदालतकै १५ जना न्यायाधीशहरूलाई उनले राजीनामा नदिने जवाफ दिएका हुन्।
'विवादमा अरु न्यायाधीशको पनि कुरा आएको छ। विवादमा आएका सबैले दिने हो भने म तयार छु। होइन भने म राजीनामा दिन्नँ। सडकबाट उठेका विषयमा राजीनामा गर्ने हो भने न्याायलय बच्दैन', उनले भने।
प्रतिनिधि सभा विघटनको फैसला गर्ने अरु न्यायाधीशको बारेमा पनि प्रश्न उठेको राणाले स्मरण गरे। उनले भने, 'म संवैधानिक प्रक्रियाबाट आएको हुँ। यत्तिकै राजीनामा दिने कुरा हुँदैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।