काठमाडौं- न्यायाधीश समाज नेपालले न्यायालयमा थप क्षति हुन नदिन समयमै समस्याको समाधान गर्नुपर्ने जनाएको छ।
न्याय क्षेत्रमा देखिएको विकृतिको प्रमुख कारण न्यायपालिकामा गरिएको राजनीतिक भागबण्डा र प्रभाव रहेको समाजको ठहर छ। समाजले अब न्यायपालिकामा राजनीतिक प्रभाव निषेध अभियान नै चलाउन आवश्यक रहेको पनि जनाएको छ।
समाजका उपाध्यक्ष बाबुराम रेग्मीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘न्यापालिकाउपर निष्पक्षताको कुरामा प्रश्न खडा हुनु र भागबण्डाको आरोप लागेका समाचार, दृष्टिकोण, टिकाटिप्पणी आदि सामाजिक सन्जाल र आमसञ्चारमार्फत् सार्वजनिक हुनु दुःखद् विषय हो। यस्ता कुरामा संवेदनशील र गम्भीर हुनुपर्दछ। वास्तविकता के हो भन्ने कुरा छानबिनपश्चात यकीन हुन सक्तछ।’
सार्वजनिक रुपमा उठाइएका प्रश्न सत्य–तथ्यमा आधारित छन् भने त्यसलाई गम्भीर र आपत्तीजनक कार्य मान्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।