काठमाडौं- विवाद र सहकर्मी न्यायाधीशहरुको इजलास बहिस्कारकैबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मंगलबार पनि पेसी तोकेका छन्।
राणाले आफू बाहेक आठ वटा इजलास गठन गर्दै पेसी तोकेका छन्। राणाले ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका छन्। सोमबार पनि ६ वटा संयुक्त र एउटा एकल इजलास तोकिएको थियो। तर, सोमबार कुनै पनि इजलास बसेन। इजलास तोकिएका सबै न्यायाधीशले इजलास बहिष्कार गरेका थिए।
मंगलबार न्यायाधीश दिपककुमार कार्की र सुष्मालता माथेमा, मीरा खड्का र हरिकृष्ण कार्की, विश्वभरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयाँल, बमकुमार श्रेष्ठ र कुमार रेग्मी, आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह, टंकबहादुर मोक्तान र मनोजकुमार शर्मा तथा प्रकाशकुमार ढुङ्गाना र कुमार चुडाल रहेको संयुक्त इजलास तोकिएको छ।
यस्तै, न्यायाधीश नहुल सुवेदीको एकल इजला तोकिएको छ। प्रधानन्यायाधीश राणाको विपक्षमा उभिएका १४ न्यायाधीशले आइतबार पनि चिया समयपछि इजलासमा तोकेको मुद्दा बहिस्कार गरेका थिए।
न्यायाधीहरूकले आज प्रधानन्यायाधीश राणालाई भेट्दैछन्। उनीहरूले राजीनामाका लागि सुझाव दिने बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।