काठमाडौं– बैंक अफ काठमाण्डू (बीओके) ले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको सोमबार सम्पन्न बैठकले बोनस सेयर र नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकको प्रस्तावित लाभांशमा हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर सहित गरी ४ प्रतिशत नगद रहेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।