काठमाडौं– लुम्बिनी विकास बैंकले सेयरधनीहरुलाई १३. ७१२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंक सञ्चालक समितिको सामेबार सम्पन्न बैठकले गत आर्थिक वर्षको मुनाफाबाट उक्त बोनस प्रस्ताव गरेको हो।
बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर सहित ३.७१२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ।
हाल बैंकको चुक्ता पूँजी २ अर्ब ९० करोड ६४ लाख ५३ हजार ५४९ रुपैयाँ ५५ पैसा रहेको छ। प्रस्तावित बोनस सेयर वितरणपश्चात बैंकको उक्त चुक्ता पूँजी ३ अर्ब १९ करोड ७० लाख ९८ हजार ९०४ रुपैयाँ ५० पैसा पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।