काठमाडौं– एनआईसी एशिया बैंकले लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको सोमबार दिउँसो सम्पन्न बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १५. ७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
बैंकले चुक्ता पूँजीको १५ प्रतिशत (१ अर्ब ७३ करोड ४६ लाख रुपैयाँ बराबरको) बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।