काठमाडौं– नेकपा एमालेको पालिका अधिवेशन आज हुँदै छ। राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज (मंगलबार) देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो।
पालिका अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्दै छन्। दिउँसो १ बजे हुने उद्घाटन समारोहलाई सबै पालिकामा ‘डिस्प्ले’ गरिने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
प्राविधिक र भौगोलिक कारणबस केही स्थानीय तहमा सम्भव नभए पनि आज अधिकांश गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने तामाङले जानकारी दिए।
एमालेले ७५३ स्थानीय तहमा अधिवेशन गर्न लागेको हो । पालिकामा अधिवेशनले ५ सदस्यीय पदाधिरकारी चयन गर्नेछ। अध्यक्ष –१, उपाध्यक्ष–१, सचिव– १ र उप–सचिव –२ चुनिनेछन्।
गाउँपालिका र नगरपालिकामा, ७५ उप–महानगरपालिकामा ८५ र महानगरपालिकामा १०१ सदस्यीय कमिटी चयन हुनेछ।
एमालेले शनिबार मात्रै ६ हजार भन्दा बढी वडा अधिवेशन गरेको थियो। पार्टीको १०औं महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म बागमती प्रदेशको चितवनमा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।