काठमाडौं- सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।
बैंकको आइतबार बसेको सञ्चालक समितिको ३८१औं बैठकले आफ्ना शेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (बोनस शेयर कर प्रयोजनका लागि मात्र) गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
बैंकको हालको चुक्ता पूँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार एक सय ९५ रुपैंया मा १४.२५ प्रतिशत बराबरको एक अर्ब ५६ करोड २१ लाख २७ हजार छ सय ३६ रुपैंया बोनस शेयर तथा ०.७५ प्रतिशत बराबरको आठ करोड २२ लाख १७ हजार दुई सय ४४ रुपैंया मात्र नगद लाभांश प्रस्ताव गरेको हो।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भएपछि तथा आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने छ।
सिद्धार्थ बैंकले हाल देशभर १८९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ११४ शाखारहित बैकिङ्ग र २०९ एटिएम मार्फत बैकिङ्ग सेवा दिदैं आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।