काठमाडौं– सार्वजनिक स्थलमा जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित सशस्त्र र नेपाल प्रहरीका दुई एसपीको जिम्मेवारी खोसिएको छ।
दशैंको अवसरमा जुवातास खेलेको भिडियो सार्वजनिक भएपछि गृहमन्त्रालयले सर्लाहीका सीडीओ रामकुमार महतोलाई मन्त्रालय तानेको छ। उनको ठाउँमा बाबुराम खतिवडालाई खटाइएको गृहले नेपाल लाइभलाई जानकारी दियो।
त्यसैगरी, यसअघि नै प्रहरी प्रधान कार्यालयले तास खेलेको भिडियाे सार्वजनिक भएपछि सर्लाहीका एसपी सन्तोषसिंह राठौरको जिम्मेवारी खोसेको थियो।
उनको ठाउँमा प्रदेश २ प्रहरी कार्यालय जनकपुरमा कार्यरत एसपी कृष्ण प्रसाईलाई पठाइएको छ।
सशस्त्र प्रहरी बलले पनि जुवाकाण्डको भिडियाे बाहिरिएपछि एसपी गंगाराम श्रेष्ठको जिम्मेवारी खोसेको छ। उनको ठाउँमा एसपी भरत खनियाँलाई खटाइएको सशस्त्र प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।