काठमाडौं– नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैैंकले बोनस सेयर र नगद लाभांश गरी चुक्ता पुँजीको १७ प्रतिशत बोनस दिने भएको छ।
बैंक सञ्चालक समितिको आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र करसहित ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण गरिनेछ।
हाल १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६२४ रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी बोनस शेयर वितरणपश्चात १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१ रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।