• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

महामारीमा सामाजिक सन्जाल : सदुपयोगले सहयोग, दुरुपयोगले मनोवैज्ञानिक त्रास

भरत गौतम सोमबार, कात्तिक ८, २०७८  ०९:३९
1140x725

विश्वमा यसअघि प्लेग, सार्स, इबोला जस्ता रोगहरुको प्रकोपले महामारीको रुप लिएको थियो। एक क्षेत्रबाट अर्को क्षेत्रमा सहजै सर्ने वा ‘विस्फोट’को रुपमा देखिइ आम मानिसको जीवन अस्वस्थ भएर  मृत्युदर बढ्दै जाने स्थितिलाई महामारी भनिन्छ। नागरिकको जनजीवनमा अप्ठारो अवस्थाको अनुभूति हुनु, जन–धनको क्षति हुनु र नियन्त्रण वा व्यवस्थापन गर्न कठिनाइ आउनु महामारीको संकेत हो।

यस्तो स्थितिमा उपचारको उचित व्यवस्थापन गर्न कठिनाइ हुने र स्वास्थ्य संकटको अवस्था पनि आउने हुन सक्छ। महामारीले धेरै क्षेत्रलाई असर पार्ने हुँदा काबुबाहिरको अवस्था सामना गर्नु पर्ने हुन्छ। मान्छेमा डर, त्रास र भय सिर्जना भइ मनोवैज्ञानिक असरहरु देखिन सक्छ।

अहिले पूरै विश्वले कोभिड–१९ महामारी सामना गरिरहेको छ। केही राष्ट्रले कोभिड महामारी आउने अवस्थासँग सर्तक हुने रणनीति तय गरी केही हदसम्म नियन्त्रण गर्न सफल पनि भएका छन्। कुशल शासन प्रणाली नभएका, स्रोत र साधन न्यून भएका तथा नागरिक सबल हुन नसकेका मुलुकहरु कोभिडको असरबाट आक्रान्त छन्।

जिम्मेवारी बोध गर्ने राजनीति प्रणालीको अभाव, विपद् व्यवस्थापन गर्ने सीपको कमी, नागरिक सचेतनाको कमी र कोभिडविरुद्धको खोपको अभावका कारण खासगरी तेस्रो विश्व समस्यामा परेको छ। हाल खोपको प्रभावकारीता वा अन्य कारणले कोभिडको असर घट्दो ‘वेभ’मा रहेको देखिएको छ। तर, पछिल्लो समय रुसमा फेरि संक्रमित बढ्न थालेका कारण ‘तस्रो लहर’को जोखिम छँदैछ।

महामारीमा नागरिकलाई सुसूचित गर्न सूचना र संचारको ठूलो भूमिका रहन्छ। आम नागरिकलाई महामारीविरुद्ध सर्तक राख्न, स्वास्थ मापदण्डको पालना गर्न प्रेरित गर्न, नागरिकलाइ सकारात्मक सूचना र संदेश प्रवाह गरी सचेत बनाउन, शासन नागरिक मैत्री गराउन खबरदारी गर्न र सबै क्षेत्रलाई महामारीमा सतर्क भइ सकारात्मक वातावरण बनाउन प्रेरित गर्न संचार क्षेत्रले आफ्नो दायित्व निर्वाह गर्नु पर्छ। महामारीमा सही सूचना र संदेशप्रवाह गरी नागरिक सशक्तिकरण गर्न प्रयास गर्नु संचार क्षेत्रको दायित्व हो।

अब सामाजिक सन्जाल पनि आमसंचार जस्तै भइसकेको छ। अझ यसमा त प्रत्यक्ष कुराकानीसमेत हुन्छ। सामाजिक सन्जाल महत्वपूर्ण सूचना र संदेशलाई प्राप्त गर्ने, प्रतिक्रिया दिने र अरुलाई सूचना प्रवाह गर्ने उपयुक्त माध्यम हो। आधुनिक सूचना र संचारको क्षेत्रमा सामाजिक सन्जालले सूचना र सन्देशलाई सबैको पहुँचमा लैजान महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

सामाजिक सन्जालका विभिन्न रुप भए पनि बढी प्रयोग हुने युट्युब, ह्वाट्सएप, फेसबुक, टुइटर, इन्स्टाग्राम र टिकटक नै हुन्। सामाजिक सन्जालबाट सूचना र सन्देशहरु पोष्ट गर्ने, तुरुन्त सूचना पाउने, प्रतिक्रिया दिन सकिने, आफ्नो सन्जालमा सूचना र सन्देश सेयर गर्न सकिने सुविधा छन्। कोभिडको माहामारीमा सामाजिक सन्जाल सूचना र सन्देश प्रवाह गर्ने प्रभावकारी माध्यम हो। मानिसको जमघटलाई निरुत्साहित गरी महामारीविरुद्धका सूचना प्रवाहबाट आम नागरिकलाई सुसूचित गर्न सकिन्छ। कोभिड प्रभावितलाई सामाजिक सन्जाल मनोरन्जनको साधनको रुपमा उपयोग गरी मनोवैज्ञानिक असर कम गर्न पनि सकिन्छ।

विश्वमा देखिएको कोभिड महामारीले मानिसको निकटताको बदला दूरता र एक्लोपनलाई प्रेरित गरेको हुँदा यस्तो अवस्थामा सामाजिक सन्जालको सदुपयोग उचित हुन्छ। सामाजिक सन्जाल एक्लोपनाको साथी हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

कोभिडको महामारीविरुद्धका असल अभ्यासका सूचना र संदेशहरु सामाजिक सन्जालमार्फत तुरुन्तै हेर्न सकिने र अरुलाई पठाउन सकिने हुँदा महामारीविरुद्ध प्रतिकार्य गर्न तथा मानिसको आनीबानीमा सुधार गर्न मद्दत गरेको अनुभूति भएको छ। कोभिडबारे आएका तथ्यपूर्ण सूचना र संदेशले बिरामीको मनोबल बढाएको उदाहरण पनि छन्।

अस्वस्थ अवस्थामा रोमान्टिक वातावरण बनाइ तनावमुक्त राख्न सामाजिक सन्जाल उपयोगी छ। विश्व समुदायमा कोभिडविरुद्धका ताजा खबरहरु सुन्न र देख्न पनि यसको प्रयोग भएको छ। बिरामी अवस्थामा कस्तो औषधि प्रयोग गर्ने, के खान हुने र नहुने, पालना गर्नु पर्ने नियम जस्ता सूचना प्राप्त गर्न सामाजिक सन्जालले सहयोग पुगेकै छ।

हुन त, सामाजिक सन्जालले विकृतिहरु फैलाएको आरोपहरु पनि छन्। कोभिड महामारीमा नकारात्मक सूचना र संदेश प्रवाह गरी मानिसमा तनाव फैलाएको, गलत सूचना र संदेश प्रवाह गरेको, विभिन्न अफवाह फैलाएको गुनासो छ। यस्तो अवस्था सामाजिक सन्जालको नियमनको कमजोरीका कारण भएको हो। नियमन गर्न कानूनको अभाव, नागरिकको न्यून जिम्मेवारी बोध, दण्ड र सजायको अवस्था कमजोर आदि कारणले सामाजिक सन्जालको फाइदा लिन नसकेको अवस्था छ। अर्कोतिर मानिसहरु नकारात्मक सूचना र संदेशमा भुल्न थालेको अनूभूति पनि भएको छ।

अर्कोतर्फ सामाजिक सन्जालको समाचार र सूचनाका विषयमा आधिकारिताको प्रश्न उठेको छ। सामाजिक सन्जाललाई दुरुपयोग गरी आफ्नो स्वार्थपूर्ति गर्ने काम भएका छन्। गलत समाचार, सूचना र संदेशले गर्दा सामाजिक विकृतिको अखडा सामाजिक सन्जाल भएको आरोप छ। कोभिड जस्तो महामारीमा मानिसका दुःखमा सहयोग र सद्भाव बढाउनु पर्नेमा झन् पीडाबोध गर्नु परेकोले सामाजिक सन्जालको महत्व घट्दै जाने अवस्था पनि हुन सक्छ। यसमा उचित कानुन र सरकारको नियमन आवश्यक हुन्छ।

कोभिड महामारीमा सामाजिक सन्जालबाट कसरी फाइदा लिने भन्ने विषय महत्वपूर्ण छ। सरकारका विभिन्न निकायमा रहेकाहरुले महामारीको बेला महत्वपूर्ण सूचना प्राप्त गर्ने, त्यसका आधारमा उपयुक्त योजना, रणनीति तय गर्ने, विश्वमा भएका सफल अभ्यासहरुको अनुकरण गर्ने, नागरिक जागरण ल्याउने, कोभिडविरुद्धका नयाँ खोज र अनुसन्धानबारे जानकारी राख्ने जस्ता विषयहरुमा सामाजिक सन्जालबाट सहयोग लिन सकिन्छ। सामाजिक सन्जालबाट लिएका सूचना स्वास्थ्य क्षेत्रको आफ्नो सन्जालमा तुरुन्त पुर्याउन र प्राप्त गर्न सकिन्छ। त्यसैले सामाजिक सन्जाल कोभिड माहामारीविरुद्धका कुशल व्यवस्थापनका अस्त्र हुन सक्छन्।

आमनागरिकले आफूलाई सबल बनाउन सामाजिक सन्जालका सूचना र संदेशहरुबाट राम्रा कुराहरु ग्रहण गर्ने र आनीबानीमा सुधार गरी कोभिड महामारीबाट जोगिने विषयमा सक्रियता देखाउनु पर्छ। एक आपसमा सहयोग र सद्भावले मानवताको दुःख र मर्मलाई कम गर्ने हुदाँ ती विषयमा समाजिक संजाललाई उपयोग गरी आपसी सहयोग बढाउन जोड दिनु पर्छ। महामारीमा प्रभावित बिरामीले सामाजिक सन्जालका सूचना र संदेशलाई पीडा कम गर्ने साधनका रुपमा लिई सोहीअनुसार आफूलाई सक्रिय बनाउनु आवश्यक छ। सामजिक संजालका नकारात्मक सूचना र संदेशबाट टाढा भने टाढै बस्नुपर्छ।

स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाहरुले कोभिड महामारीको जोखिमलाई  कम गर्न एवं स्वास्थ्य संस्था र नागरिकबीचको असल सम्बन्ध कायम गर्न उपयुक्त सूचना र संदेशलाई ग्रहण गरी काम गर्ने तौर तरिकामा सुधार गर्दा राम्रो परिणाम आउन सक्छ। विश्वका स्वास्थ्य संस्थाहरुले कोभिडविरुद्ध गरेका असल अभ्यासहरुको सामाजिक सन्जालमा खोजी गर्ने र असल कामको अनुकरण गर्न सकिन्छ। राम्रा र अनुकरणीय काम सामाजिक संजालबाट प्रचार गर्ने बानी झनै राम्रो हो।

स्वास्थ्यसँग सम्बन्धित विभिन्न अन्तराष्ट्रिय संस्था तथा निकायले पनि आफ्ना सूचना सामाजिक सन्जालमार्फत फैलाउने गरेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले महामारीसम्बन्धी र अन्य सूचना फैलाउन फेसबुक, ट्विटरजस्ता सामाजिक सन्जालको प्रयोग गर्ने गरेको छ। नेपालकै सरकारी निकायले पनि अहिले बिस्तारै सामाजिक सन्जालको प्रयोग बढाएका छन्।

कोभिड महामारी एउटा आपतकालीन अवस्था हो। यस्तो स्थितिमा तनावले गर्दा महामारी व्यवस्थापन सीपमा कमजोरीहरु देखिन सक्छन्। आफ्नो सीप र क्षमताले काम गर्दा अपूरो र अपर्याप्तता हुन सक्छ। त्यसैले अरुले गरेका सफल अभ्यासहरुको अनुकरण गरी आफूलाई सक्षम र योग्य बनाउन सकिन्छ।

कोभिड महामारीको दोस्रो लहरपछि तस्रो लहर आउने अनुमान गरिएको छ। तेस्रो लहर झन् कठिन हुनसक्ने भन्दै वैज्ञानिकहरुले सचेत बनाइरहेका छन्। यस्तो स्थितिमा स्वास्थ्य सुरक्षासम्बन्धी जानकारी सबैका लागि उपयोगी हुन्छन्। ती सुचना प्रचारको सबैभन्दा सजिलो माध्यम समाजिक सन्जाल हो।

कोभिडको तेस्रो र चौँथो लहरमा कोभिडको नयाँ भेरिएन्ट आउन सक्छ। त्यस्ता भेरिन्टबारेका जानकारी सामाजिक सन्जालबाट प्रचार गर्न सकिन्छ। तीबाट बच्ने उपाय पनि सिकाउन सकिन्छ। कोभिडको अबको लहरमा हुन सक्ने संक्रमण र त्यसको प्रतिकार्यका लागि संस्थागत र व्यक्तिगत सचेतता अपनाउन तथा राम्रो तयारी गर्न समाजिक संजालबाट सहयोग लिनै पर्छ।

कोभिडको वेभ कम भएता पनि यसको जोखिम कम गर्न सकिएको छैन। कोभिडविरुद्ध वास्तविक सूचनाहरुसँग मानव समुदाय नजिक रहनु पर्छ। आमनागरिकले पनि कोभिड महामारीजस्तो असहज परिस्थितिलाई सहज स्थितिमा ल्याउन सामाजिक सन्जालका राम्रा संदेश र सूचनालाइ ग्रहण गरी आफूलाई सबल बनाउन जोड दिनु पर्छ।

प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७८  ०९:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्