काठमाडौं- सर्वोच्च अदालतमा न्यायाधीशहरुको बैठक सुरू भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबाहेक सबै न्यायाधीशहरु बैठकमा सहभागी छन्।
सर्वोच्चको एनेक्स भवनमा अदालतमा उपलब्ध सबै न्यायाधीशहरु छलफलमा जुटेका हुन्।
दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, आनन्दमोहन भट्टराई, नहकुल सुवेदीलगायत न्यायाधीशरु बैठकमा सहभागी छन्।
यसअघि नेपाल बार एसोसिएसनसँगको छलफलबाटसमेत सन्तुष्ट हुन नसकेपछि न्यायाधीशहरु छलफलमा जुटेका हुन्। बैठकमा उनीहरुले फुलकोर्टमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्ने बताइएको छ।
प्रधानन्यायाधीश जबराले आइतबार नेपाल बार एसोसिएसनको कार्यसमितिसँगको छलफलपछि उनले भोलि सोमबारका लागि फुलकोर्ट बोलाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।