काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले फुलकोर्ट बोलाएका छन्। आइतबार नेपाल बार एसोसिएसनको कार्यसमितिसँगको छलफलपछि उनले भोलि सोमबारका लागि फुलकोर्ट बोलाएका हुन्।
बैठकमा नेपाल बारका प्रतिनिधिलाई पनि सहभागी गराइने भएको छ।
बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको अगुवाइमा बार कार्यसमिति प्रधानन्यायाधीशलाई भेट्न पुगेका थिए। प्रधानन्यायाधीश जबरा विभिन्न विवादमा तानिएपछि जबराविरुद्ध ठोस निर्णय गर्न बारलाई कानून व्यवसायीहरूले दबाब दिँदै आएका छन्।
प्रधानन्यायाधीशको राजीनामा मागदेखि अदालत प्रवेशमा रोक लगाउनुपर्ने, अदालतका अन्य न्यायाधीशले बेन्च सेयर गर्न नहुने भन्दै कानुन व्यवसायीले दबाब बढाएका छन्।
त्यही सेरोफेरोमा आज बारका पदाधिकारी र प्रधानन्यायाधीश जबराबीच छलफल चलेको हो। छलफलमा प्रधानन्यायाधीश राणाले आफ्नो तर्फबाट गल्ती भएका ठाउँमा माफी माग्ने र आगामी दिनमा त्यस्ता कमजोरी हुन नदिने पनि प्रतिवद्धता जनाएको बारका एक पदाधिकारीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।