काठमाडौं- प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिनका लागि बोलाइएको संसद् बैठक स्थगित भएको छ।
आइतबार १२:३० बजेका लागि तय गरिएको बैठक कात्तिक १५ गते सोमबारसम्मका लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गरी जानकारी दिएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले बैठक स्थगन गर्न माग गर्दै लिखित निवेदन दर्ता गरेकाले बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयद्वारा जारी सूचनामा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।