काठमाडौं– अपि पावर कम्पनीले ३९.३६% हकप्रद सेयर निष्कासनको माग गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १ः०.३९.३६ अनुपातमा १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको हो।
कम्पनीको सेयर विक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ।
कम्पनीले यसअघि पनि गत जेठ २० देखि असार १३ गतेसम्म ५६ लाख ७० हजार कित्ता (२९%) हकप्रद सेयर बिक्री खुला गरेको थियो।
त्यस्तै, कम्पनीले गत वर्षको कात्तिक १४ गतेदेखि मंसिर ४ गतेसम्म पनि ५६ लाख ७० हजार कित्ता (४७%) हकप्रद सेयर बिक्री खुला गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।