• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २७, २०८३ Sun, May 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अब राजनीतिक आस्था भएका सबै न्यायाधीशलाई हटाउनुपर्छ

रामकुमार प्रसाद साह  शुक्रबार, कात्तिक ५, २०७८  १८:१७
1140x725

अहिले सर्वोच्च अदालत सर्वत्र विवादको केन्द्रमा छ। सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएर अवकाश पाएको नाताले अदालतका विषयमा आज भइरहेका सञ्चारमाध्यमको टिप्पणी र समाचारहरुले मेरो ध्यान खिचिरहेको छ। 

अहिले अदालतका बारेमा टिप्पणी गर्नुपर्दा एक जना प्रधानन्यायाधीशको बारेमा मात्र केन्द्रित भएको पाएको छु। पूर्वन्यायाधीश फोरमदेखि सञ्चारमाध्यमले पनि यही लेखेको/बोलेको पाएँ। तर, मेरो विचारमा समग्र न्यायाधीशहरुको बारेमा अब प्रश्न गरिनुपर्दछ। अहिले अदालत निर्देशित र नियन्त्रित छ। केही खास मुद्दामा प्रधानन्ययाधीशले मुखले ‘म हेर्दिनँ’ भन्नुभयो। तर, त्यो सुनुवाइ हुन सकेको छैन। संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र नियुक्ति विवाद सम्बन्धी उक्त मुद्दाको सुनुवाइ अनिश्चित छ। 

सत्तारुढ गठबन्धन र प्रधानन्यायाधीशका बीचमा भागबन्डाको कुरा सार्वजनिक सञ्चारमाध्यममा आएका छन्। यो आउनुमा केही कारण छ। केही कारण नभई यसरी आउनु आवश्यक पनि थिएन। मैले विकृतिको सुरुआती अवस्थामा जानुपर्छ भन्ने भन्दै आएको छु। विकृतिको सुरुआत यो संविधान जारी भएपछि भएको हो। तर, अहिले  प्रधानन्यायाधीशको मात्र चर्चा भएको छ।

राजनीतिक कोटाबाट न्यायाधीश नियुक्ति २०७२ सालमा भयो। आठ जना नियुक्त भएकामध्ये पाँच जना राजनीतिक पृष्ठभूमिका थिए। त्यस्तै, २०७३ साल साउनमा फेरि पनि राजनीतिक भागबन्डाको आधारमा न्यायाधीश नियुक्त गरियो।  त्यो समयमा आवाज उठाइएन। अहिले त्यसैको असर देखिएको हो। त्यो न्यायिक विकृति थिएन?  विचलन थिएन? तत्कालीन समयमा बोल्नुपर्नेमा कसैले पनि बोलेन।

उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्ति गर्दा एक जना न्यायाधीश अवकाश भएपछि राजनीतिक दलका मानिस राखियो। न्यायालयमा विकृति त्यही बेला सुरु भएको हो। नियन्त्रित र निर्देशित अदालत त्यही समयबाट भएको हो। अनुभवहीन व्यक्तिलाई न्यायाधीश बनाउने र एक जनाको इजलासले संवैधानिक इजलासको काम रोक्ने काम अहिले भएको छ। यो अदालतको अवहेलना हो। न्यायको अवरोध हो।  

पाँच जनाको संवैधानिक इजलास रोक्न निवेदन दर्ता नै गर्न नहुने थियो। कसरी दर्ता गरियो? यो सरासर न्यायको अवरोध हो। यसलाई रोक्न पर्ने थियो। अदालतमा भएको मुद्दाको सुनुवाइ रोक्न मुद्दा दर्ता गर्नु अदालतको अवहेलना हो। अहिले सहजै रुपमा देख्न सकिन्छ अदालतमा न्यायाधीशको गुट र उपगुट  छ। अहिले प्रष्ट रुपमा सर्वोच्च अदालतका न्यायाधीशमा तीन गुट छन्। अदालतमा अहिले मुद्दा सुनुवाइ हुँदैन। ३० हजार मुद्दा छन्। तर, न्यायाधीश इजलासमा बस्ने र उठ्ने मात्र काम भएको छ। १२ बजे इजलास सुरु हुन्छ। बीचमा केही समय उठ्छ, अनि फेरि सुरु हुन्छ। एउटा मात्र मुद्दाको फैसला हुन्छ। यसरी ३० हजार मुद्दाको सुनुवाइ कहिले हुन्छ?

म प्रधानन्यायाधीश हुँदा २२ हजार मुद्दा थिए। त्यसलाई हामीले आठ हजारमा झारेका थियौं। मैले १० बजे इजलास अनिवार्य बस्ने व्यवस्था गरेको थिएँ। इजलास बसे/नबसेको सिसिटिभिबाट अनुगमन गर्ने गरेका थियौं। कुनै इजलास समयमा बसेन भने किन नबसेको भनी सोधिन्थ्यो। चिया समयपछि इजलासमा समयमा नआएका न्यायाधीशका बारेमा सोध्ने र भोलिपल्टदेखि नियमित रुपमा बस्ने अभ्यास रहेको थियो। तर, अहिले इजलास सुरु हुने र अन्त्य हुने विषय नियमित देखिँदैन।  

अहिले प्रधानन्यायाधीशले मन्त्रिपरिषद्‌मा भाग खोजेको कुरा आयो। यदि यो हो भने गलत हो। लेनदेनको कुरा आएका छन्। यसरी लेनदेन हुनु दुःखद् हो। राजनीतिक दलले न्यायाधीश बनाउन मिल्ने अनि न्यायाधीशले मन्त्री माग्न किन नहुने? भन्ने कुरा पनि कतिपय ठाउँबाट प्रतिउत्तर मैले सुनेको छु। यो तर्कमा म चाहिँ सहमत हुनै सक्दिनँ। यसमा म राजनीतिक दलको पनि दोष देख्छु।

nimb
nimb
Ncell 2
Ncell 2

म प्रधानन्यायाधीश रहँदा पनि पार्टीका मानिस सिफारिसको दबाब खेपेको थिएँ। राजनीतिक दलहरुले कोटामा नियुक्त गर्न दबाब दिएका थिए। तर, मैले स्वीकार गरिनँ। मुख्य कुरा अरुको दबाबमा परेर न्यायाधीश बन्ने कि नबन्ने भन्ने कुरा पनि हो। नियुक्त हुने व्यक्तिले पनि यो बारेमा सोच्न जरुरी छ। अदालतले फैसला गर्दा सजाय घटाएको कुरा आयो। अनि, पुनरावेदन पर्‍यो। निस्सा पनि भयो। त्यसपछि के भयो? खै त यो मुद्दामा के भयो? त्यो पुनरवलोकन आवाज दबाउन मात्र आएको थियो कि? (सशस्त्रका डीआईजी रञ्जन कोइराला र रामहरी श्रेष्ठको हत्यामा संलग्न भएको आरोप लागेका गोविन्द बटाला प्रकरण)। यदि विवादमा आएपछि मात्र यस्तो हुन्छ भने यो गलत हो।

राजनीतिक मुद्दा मात्र किन प्राथमिकतामा?
अदालतमा राजनीतिक मुद्दा मात्र प्राथमिकतामा परे। गरिब जनताको मुद्दाले किन प्राथमिकता पाउँदैनन्? ३० हजार मुद्दा छन्। २९ हजार अरु मुद्दाको बारेमा सञ्चारमाध्यमले किन ध्यान दिँदैन? दूरदराजबाट न्यायका लागि आएका मानिसहरुको बारेमा किन बोलिदैन? सञ्चारमाध्यमले पनि उनीहरुको आवाज किन उठाउँदैन। यो हुनुमा विगतदेखिका सबै प्रधानन्यायाधीश दोषी छन्। ती सबैलाई इङ्गित गरेर बोलिनु पर्छ। 

अहिलेका न्यायाधीश निर्देशित फैसला गर्न नै नियुक्त भएकाले उनीहरुबाट धेरै आश गर्न सकिँदैन। अब प्रष्ट हुने समय आयो उनीहरुबाट आश गर्न सकिँदैन। मेरो विचारमा अहिलेको संरचना नै हटाउनु पर्छ। राजनीतिक आस्था भएका सबै न्यायाधीश हटाएर नयाँ नियुक्त गर्नुपर्छ।  योग्यता र उच्च नैतिक आचारण भएका व्यक्तिहरुलाई मात्र न्यायाधीशको रुपमा नियुक्ति गरिनु पर्छ। अदालत विवादित हुनुमा संविधान आएपछिका सबै प्रधानन्यायाधीश जिम्मेवार हुनुपर्छ। एक जना पूर्वप्रधानन्यायाधीशको विरुद्ध महाअभियोग मुद्दा दायर भयो तर एक जना न्यायाधीश आएर अन्तरिम आदेश जारी गर्नु भयो। अनि, सँगै परमादेश जारी गरेर उपस्थित हुनु भन्नु भयो। यस्तो भन्न मिल्छ कि मिल्दैन? एकल इजलासले परमादेश जारी गर्न मिल्छ कि मिल्दैन? 

अहिले न्यायाधीश हुने बाटो र परिपाटी नै गलत छ। म न्यायाधीश हुँदा मेरो घरमा प्रहरी पुगेर मेरो बारेमा जानकारी लिएको थियो। तर, अहिले राजनीतिक दलको सिफारिस समावेश भए पुग्छ। तपाईं नैतिकवान, योग्य वा इमान्दार हुन पर्दैन। राजनीतिक दलको विश्वासयोग्य भए पुग्छ। अहिले योग्य र इमानन्दार हुनुको महत्त्व छैन। यो अहिलेको व्यवस्था नै परिवर्तनको जरुरी छ। नत्र जो प्रधानन्यायाधीश वा न्यायाधीश भएपनि केही फरक पर्दैन। 

(पूर्वप्रधानन्यायाधीश साहले शुक्रबार पूर्वन्यायाधीश फोरमको कार्यक्रममा राखेको विचारको अंश)

प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  १८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’ आज
एसइईको नतिजा हेर्ने एसएमएस र वेबसाइटको सूची सार्वजनिक, कसरी हेर्न सकिन्छ ? (सूचनासहित)
सरकारको नीति तथा कार्यक्रम भोलिको संसद बैठकमा पेस हुने
सम्बन्धित सामग्री
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी आज नियामक निकायहरू नियमनभन्दा बढी ‘अति–नियामक’ जस्ता देखिएका छन्। तिनलाई देशको वास्तविक आवश्यकता र व्यवसायमैत्री वातावरणअनुसार पुनर्... शुक्रबार, चैत २७, २०८२
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
ताजा समाचारसबै
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’ आज आइतबार, वैशाख २७, २०८३
एसइईको नतिजा हेर्ने एसएमएस र वेबसाइटको सूची सार्वजनिक, कसरी हेर्न सकिन्छ ? (सूचनासहित) आइतबार, वैशाख २७, २०८३
सरकारको नीति तथा कार्यक्रम भोलिको संसद बैठकमा पेस हुने आइतबार, वैशाख २७, २०८३
सुनको मूल्य घट्यो आइतबार, वैशाख २७, २०८३
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध आइतबार, वैशाख २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
तेस्रो अभ्यास खेलमा पनि नेपाल ‘ए’ विजयी, स्कटल्यान्ड ९ रनले पराजित शनिबार, वैशाख २६, २०८३
पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार, मुख्यमन्त्री अधिकारीले लिए शपथ शनिबार, वैशाख २६, २०८३
बजेटबारे सुझाव माग्न  प्रधानमन्त्री कार्यालयले ल्यायो डिजिटल पोर्टल शनिबार, वैशाख २६, २०८३
मनाङमा लेक लागेर विदेशी नागरिकको मृत्यु शनिबार, वैशाख २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक बुधबार, वैशाख २३, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
ममता बनर्जीले राजीनामा नदिएपछि पश्चिम बंगालको विधानसभा भंग बिहीबार, वैशाख २४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्