• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २०, २०८३ Sat, Sep 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिल्म समीक्षा
शनिबार सिनेमा

डेड पोएट्स सोसाइटी : नेपाली अभिभावकसँग मिल्दो अमेरिकीहरुको कथा

64x64
युवराज भट्टराई शनिबार, कात्तिक ६, २०७८  १६:२१
1140x725

भर्खर झरी ओभाएको समय छ। पानीले नुहाएको रुखमा तपाईं के देख्नुहुन्छ? सायद, पखालिएका पातहरु।

तर, त्यही रुखलाई कुनै चित्रकारले हेर्‍यो भने हरेक हाँगामा पानीका थोपाहरु फलेको देख्न सक्छ। कुनै कविले हेर्‍यो भने हरेक पातको ठाउँमा एक-एक वटा घाम फलेको देख्न सक्छ।

अर्थात्, एउटा कविको दृष्टिकोण भिडभन्दा धेरै फरक हुनसक्छ।

कविता ‘झरी’ वा ‘बिरालो’ जस्ता विषयमा पनि लेखिन्छ। ‘जीवन’, ‘मृत्यु’ र ‘प्रेम’ जस्ता छिचोल्नै नसकिने विषयमा पनि लेखिन्छ।

‘हामी कविता राम्रो भएकाले पढ्ने वा लेख्ने गर्दैनौं,’ प्रोफेसर जन किटिङले विद्यार्थीहरुलाई सम्बोधन गर्दै आफ्नो दोस्रो कक्षामा भन्छन्, ‘हामी कविता लेख्छौं र पढ्छौं, किनकि हामी मानव जातिका सदस्य हौं।’

सन् १९८९ मा अमेरिकी निर्देशक पिटर वैरले निर्देशन गरेको फिल्म ‘डेड पोएट्स सोसाइटी’का एक पात्र हुन् जन किटिङ (रबिन विलियम्स), जसको लगाव कवितामा छ। उनी कविता भन्नुलाई मुखबाट महझैं गुलियो फैलाउनुको रुपमा अर्थ्याउँछन्।

उनी उच्च घरानाका युवा पढ्ने महङ्गो स्कुलका प्रोफेसर हुन्। कक्षामा विद्यार्थीलाई पढाउनेभन्दा पनि बढी ‘कसरी पढ्ने’ भन्ने सिकाउँछन्। परम्परागत मूल्य र मान्यतामा स्थापित विद्यालयको चार पर्खालभन्दा बाहिरको दुनियाँसँग साक्षात्कार गरेर जीवनको अस्तित्व ज्ञात गराउने प्रयास गर्छन्।

निर्देशक वैरको फिल्म ‘डेड पोएट्स सोसाइटी’ कविता पढ्ने र कविताप्रति चाह राख्नेले हेर्न आवश्यक छ। अभिभावक, विद्यालयका शिक्षक र उच्च शिक्षा पढिरहेका विद्यार्थीले हेर्न आवश्यक छ। हामीले पछ्याइरहेको बाटोमा हाम्रो शिक्षा प्रणालीले इट्टाको काम गरिरहेको छ कि हाम्रा पैताला घोच्ने काँडो बनिरहेको छ भन्ने विषय फिल्ममा कलात्मक रुपमा देखाइएको छ। फिल्मले हरेक दिन असाधारण भएकाले हरेक दिनलाई असाधारण रुपमा जीउन प्रेरित गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

परम्परागत शिक्षाप्रणालीको विपक्षमा
हामीलाई विद्यालयमा के पढाइन्छ?

सिद्धान्तका ठूला ठेलीहरु घोकेर परीक्षामा उत्तीर्ण हुनुलाई मात्र राम्रो मानिने सामाजिक संरचनाका दास हौं हामी। नेपाली शिक्षा प्रणालीकै कुरा गर्ने हो भने घोक्ने र तीन घन्टा कोठाभित्र थुनिएर उत्तर लेख्ने प्रणाली छँदैछ। बलिउड फिल्म ‘थ्रि इडियट्स’मा प्रमुख पात्र रंछोडदास (आमिर खान)ले इन्जिनियरिङको एउटा कक्षामा भनेका छन्, ‘विद्यालयहरुले मेसिन उत्पादन गरिरहेका छन्।’

उता वैरले आफ्नो फिल्ममा खडा गरेको वेल्टन एकेडेमीमा सात विद्यार्थी छन्, जो फरक परिवेशबाट फरक सपना लिएर आएका छन्। तीमध्ये धेरै आफ्नो नभएर अभिभावकको सपना पछ्याउँदै त्यहाँ आइपुगेका छन्। सातै जना आफ्नो खुट्टामा उभिन आएका हुन्छन्, तर उनीहरुको खुट्टामा सामाजिक मूल्य र मान्यताको जुत्ता पहिर्‍याइएको हुन्छ। 

समाजका अनेक बाटो र फरक दृष्टिकोणको महत्व बुझाउन वेल्टन एकेडेमीमा आइपुग्छन्, किटिङ। वेल्टन अकेडेमी आफैंमा अमेरिकाको एउटा प्रतिष्ठित विद्यालय हुन्छ। औपचारिक कक्षा, कडा अनुशासन र परम्परागत संरचनामा पढाइने विद्यालयमा किटिङ फरकपन लिएर आइपुग्छन्।

किटिङको प्रवेशले विद्यार्थीलाई साहित्यका सिद्धान्त सिकाउन सघाउँदैन। तर, ती सिद्धान्तलाई कसरी बुझ्ने, कसरी पढ्ने भन्ने सिकाउँछ। उनीहरुलई सोच्नमा स्वतन्त्र छाडिदिन्छ। किटिङ उनीहरुलाई ब्रायन र सेलीका कविता पढाउँछन्, जोन किट्सका कविता सुनाउँछन्। यी तीन कविको जीवन र काव्यबाट आफूले अनुशरण गरेका विषय विद्यार्थीलाई पनि सिकाउँछन्। 

विद्यालयको पहिलो दिन अन्य शिक्षकले विद्यार्थीलाई आफ्नो कक्षामा अनुशासनको महत्व, गृहकार्य गर्नुको आवश्यकता लगायतका औपचारिक नियम बुझाउँछन्। तर, किटिङ पहिलो दिन नै विद्यार्थीलाई लिएर बाहिर निस्किन्छन्। पुराना विद्यार्थीहरुको तस्बिर संग्रहित कक्षामा लग्छन्। तस्बिर नियाल्न लगाउँछन्। र आफू सुस्तरी बोल्छन्– ‘कार्पे डियम।’ अर्थात्, दिनलाई आफ्नो पडकमा लेऊ।

हरेक दिनलाई आफ्नो इच्छाअनुार बाँच्न प्रेरित गर्दै किटिङ यसलाई दैनिक मूल मन्त्रको रुपमा विद्यार्थीहरुलाई जप्न लगाउँछन्। यो मन्त्रले मानिसलाई असाधारण जीवन जिउन प्रेरित गर्ने उनको भनाइ हुन्छ।

कक्षामा दोस्रो दिन उनी विद्यार्थीहरुलाई आफ्नो पुस्तकमा रहेको ‘कविताको परिभाषा’ को पाठ नै च्यात्न लगाउँछन्। विद्यार्थीहरु सुरुमा अच्चमित भए पनि उनले निरन्तर दबाब दिएपछि त्यसै गर्छन्। सबैले उक्त पृष्ठ च्यातेपछि किटिङ भन्छन्, ‘कविता कुनै गणितको सूत्र होइन, जसलाई हिसाब किताबअनुसार पढ्नुपर्छ। कविता त्यो हो, जुन आफू अनुकूल बुझिन्छ।’

विद्यालयको मान्यताविपरीत विद्यार्थीलाई कविता बुझाउन उनी फुटबल खेलाउँछन्। दौडन लगाउँछन्। तालीको लयमा कविता वाचन गर्न लगाउँछन्। फिल्ममा सुरुवातदेखि नै किटिङको मुल मन्त्र विद्यार्थीलाई उनीहरुको विचारमा स्वतन्त्र छाडिदिने हुन्छ। 

विद्यालयको मान्यताविपरीत विद्यार्थीलाई कविता बुझाउन उनी फुटबल खेलाउँछन्। दौडन लगाउँछन्। तालीको लयमा कविता वाचन गर्न लगाउँछन्। फिल्ममा सुरुवातदेखि नै किटिङको मुल मन्त्र विद्यार्थीलाई उनीहरुको विचारमा स्वतन्त्र छाडिदिने हुन्छ। 

विद्यार्थीहरुको कल्पनाको दायरा फराकिलो बनाउन कविता लेखेर कक्षामा वाचन गर्न लगाउँछन्। तर, कसैले पनि त्यो आँट नगरेपछि उनी एक छात्र टड एन्डरसनलाई कक्षाको सामुन्ने बोलाउँछन्। कक्षामा सबैभन्दा लजालु र डराएका विद्यार्थी उनी नै हुन्छन्। डराएका एन्डरसनलाई उनी प्रसिद्ध अमेरिकी कवि वाल्ट विट्म्यानको तस्बिर केन्द्रमा राखेर कुनै कविता कल्पना गर्न लगाउँछन्। त्यसबाट कक्षाभरि ताली गुञ्जिने कविता सिर्जना गर्न एन्डरसनलाई प्रेरित गर्छ।

अनौपचारिक उपस्थिति र फरक शिक्षण शैलीसहित आएका किटिङको मुख्य ध्यान विद्यार्थीलाई साहित्यको नजिक ल्याउने हुन्छ। तर, विद्यालयका अन्य शिक्षक उनीविरुद्ध हुन्छन्। किटिङ त्यसलाई बेवास्ता गरेर विद्यार्थीलई कविता लेख्न प्रेरित गरिरहन्छन्। लेखनको माध्यमबाट आफूलाई व्यक्त गर्न र हरेक कुरालाई फरक दृष्टिकोणसहित प्रश्न गर्न लगाउने उनको ध्यान हुन्छ। परम्परागत शिक्षा प्रणालीबाट टाढा हुनु र सीमाहरु भत्काउनु उनको ध्येय हुन्छ।

मृत कविहरुको कविता विद्रोहको प्रतीक 
प्रोफेसर किटिङ विद्यालयमा प्रवेश गरेपछि विद्यार्थीहरुले उनको विशेषताबारे थाहा पाइसकेका हुन्छन्। एक जना छात्र निल पेरीले विद्यालयको पुस्तकालयमा पुरानो वार्षिक पुस्तक भेटाउँछन्, जसमा किटिङ सोही विद्यालयमा पढ्दा गठन गरिएको एक समूहको बयान हुन्छ।

समूहको नाम हुन्छ– डेड पोएट्स सोसाइटी।

नील र उनका साथीहरु किटिङलाई यसबारेमा सोध्छन्। किटिङ यो आफ्नो समयको एक गुप्त समूह भएको बताउँछन्। उक्त समूहले कविता पढ्ने र लेख्ने गथ्र्यो। उनीहरु कुनै गुफामा गएर शेली, थोरो, विमेनका कविताहरु वाचन गर्थे। कहिलेकाही आफैंले लेखेका कविताहरु पनि सुनाउँथे।

पेरी आफ्ना साथीहरुसँग मिलेर यो समूहलाई पुर्नजिवित गर्ने सोच बनाउँछन्। कक्षामा उनीसँगै मिल्ने सात छात्रहरु यसमा राजी हुन्छन्। उक्त समूहका टड लजालु र शान्त विद्यार्थी हुन्छन्। निल समूहको नेतृत्वकर्ता हुन्छ। अरु छात्रहरुमा फरक–फरक विशेषता हुन्छ। तर, सबैको समानता भनेको किटिङबाट प्रेरित हुन्छन् र कविताप्रति स्नेह हुन्छ।

एक रात उनीहरु विद्यालयबाट केही माइल परको त्यो प्राचीन गुफामा जान्छन्। कविता वाचन गर्छन्। वर्षौँअघि मृत भएको ‘डेड पोएट्स सोसाइटी’ फेरि एक पटक जीवित हुन्छ। उनीहरु प्रसिद्ध कविहरुले लेखेका कविता वाचन गरेर आफ्नो यात्रा सुरु गर्छन्। विस्तारै आफ्ना भावना र भोगाइहरु शब्दमा उतार्न थाल्छन्।

सबैभन्दा बढी परिवर्तन टडमा आएको हुन्छ। ऊ सुरुवातमा साहित्यप्रति आकर्षित थिएन। आफ्नो लजालु स्वभावका कारण अरुको सामुन्ने आफ्नो कुरा राख्न नसक्ने उ खुलेर आफूले लेखेको कविता भन्न सक्ने अवस्थामा पुग्छ।

निल पेरिको मृत्युले गरेको प्रश्न
आफ्नो कक्षामा किटिङले भनेका छन्– ‘अरुले जे सुकै भनुन, तर शब्द र विचारले संसार बदल्न सक्छ।’

किटिङको प्रेरणाले आफ्नो इच्छा र बाटो पहिल्याइरहेका विद्यार्थीमध्येका निल पेरीले आफूलाई अभिनयमा रुचि भएको थाहा पाउँछ। तर, आफ्नो बुबाको अधिनायकवादी व्यवहारका कारण त्यो बाटो हिँड्न पाएको हुँदैन। 

वेल्टन एकेडेमीमै रहँदा उसले शहरको कुनै थिएटरमा नाटकको ‘अडिसन’ भइरहेको थाहा पाउँछ। त्यसमा भाग लिने सोच बनाउँछ। तर, बुबासँग अनुमति माग्न सक्दैन बुबासँग। 

अडिसनबाट नाटकको प्रमुख पात्रको भूमिकामा अभिनय गर्ने अवसर पाएको बुबाको नाममा नक्कली चिठ्ठी लेख्छ। तर, आफन्तको माध्यमबाट उसले नाटकमा अभिनय गर्न लागेको बुबाले थाहा पाइसकेका हुन्छन्। बुबाले यसलाई अस्वीकार गर्छन्।

किटिङकै प्रेरणाबाट ऊ नाटकमा अभिनय गर्न जान्छ। विद्यालयका उसका साथीहरु पनि दर्शकदीर्घामा हुन्छन्। नाटक सकिँदा निकै बेरसम्म ताली बजिरहन्छ। सबैले उसको अभिनयको तारिफ गर्छन्।

तर, नाटकको उत्तरार्धमा आएका बुबाले उसलाई त्यहाँबाट घिसार्दै घर लैजान्छन्। उसको परिवार उसले चालेको कदमप्रति रुस्ट हुन्छ। परिवारले उसलाई चिकित्सक बन्न भनेका हुन्छन्। परिवारको अपेक्षा विपरीत ऊ अभिनयमा लागेकाले उसलाई अर्को दिनबाट सैनिक स्कुलमा भर्ना गर्न लागिन्छ।

यी सबै घटनाबाट विक्षिप्त निलले त्यो रात आफैंलाई गोली हानी आत्महत्या गर्छ। त्यति बेला उसको कक्षाका साथीहरु त्यही प्राचीन गुफामा कविता वाचन गरिरहेका हुन्छन्। निलको मृत्युले विद्यालयबाट प्रोफेसर किटिङलाई निकालिन्छ। मृत्युको कारण किटिङ र उनको शिक्षण शैली रहेको ठहर हुन्छ।

डेड पोएट्स सोसाइटी यथार्थभन्दा थोरै बाहिर छ। तर, कविता यथार्थ मात्रै हुँदैन। कविता कथा होइन, जसमा घटनाको मात्रै वर्णन होस्। कवितामा विचार हुन्छ, प्रश्न हुन्छ र नयाँ भाष्य हुन्छ।

निलको मृत्यु देखाउँदै किटिङलाई विद्यालय निकालिएपछि उनी जानुअघि कक्षामा छात्रहरु आफ्नो डेस्कमा चढेर किटिङलाई सम्बोधन गर्दै भन्छन्– ‘ओ क्याप्टेन, माई क्याप्टेन।’

निलको मृत्युबाट परम्परागत मान्यताले कति धेरै सपनाहरुलाई मृत बनाएको छ भन्ने देखाएको छ। आफैंलाई गोली हान्नुअघि निलले बुबा र आमासँगै भएको तस्बिर हेर्छ, जसमा ऊ विद्यालयकै पोशाकमा हुन्छ। फिल्मका निर्देशक पिटर वैरले यो दृश्यमार्फत निल उसको बुबाको लागि कहिल्यै छोराको रुपमा नभएर कर्मठ विद्यार्थीको रुपमा मात्रै रहेको देखाउन खोजेका छन्।

(*'डेड पोएट्स सोसाइटी ' हुनुपर्नेमा भूलबस अन्यथा हुन गएकोले सच्याइएको छ। -सं.)

प्रकाशित मिति: शनिबार, कात्तिक ६, २०७८  १६:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
युवराज भट्टराई
लेखकबाट थप
कर्णाली पुगेपछि विकासलाई लाग्यो 'प्रकाश' यहीँ बन्नुपर्छ 
पर्दामा प्रेमको रोमाञ्चक यात्रा
पेरिस सहरमा बेलुनसँग संवाद गर्दै हिँडेको पास्कल
सम्बन्धित सामग्री
‘पुष्पा २’ : तीन दिनमा २ सय करोड कमाउने पहिलो भारतीय फिल्म यो संवादको अर्थजस्तै भारतीय बक्स अफिसमा पनि फिल्म ‘वाईल्ड फायर’ बनेको छ। ‘रेकर्ड ब्रेक’ ओपनिङ गरेको फिल्म शुक्रबार र शनिबार पनि कमाइ... आइतबार, मंसिर २३, २०८१
दिमाग खराब : आम जनताको ‘फ्रस्टेसन’ बोल्ने फिल्म हिजोको दिनमा पार्टी, संगठनको आवश्यकता किन पर्यो, यसबारे निर्देशकले सोचेको भए फिल्म समसामयिक घटनाका फुटेजको सुन्दर संयोजनभन्दा माथि उ... आइतबार, कात्तिक २६, २०८०
हल्कारा : नेपाली फिल्म क्षेत्रको ‘अमूल्य’ पूँजी ‘हल्कारा’ हेरेर मन हलुका भएको कुरा म सुनाउन चाहन्छु। त्यति नै हलुका ५ वर्षअघि चाइनिज फिल्म ‘पोस्टम्यान इन द माउन्टेन’ हेर्दा पनि भएक... बुधबार, जेठ ३, २०८०
ताजा समाचारसबै
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने शुक्रबार, भदौ १९, २०८३
नेपालसहितका राष्ट्रलाई जलवायु न्यायका लागि ४४ देशको सामूहिक आह्वान शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी: मृतकको संख्या १ हजार २९४ पुग्यो, १३ हजार ९५ जनाको उद्धार शुक्रबार, भदौ १९, २०८३
चीनले दियो एक सय मिटर लम्बाईका दुई बेलिब्रिज पुल शुक्रबार, भदौ १९, २०८३
त्रिशूली–३ ‘ए’ उद्धार टोलीका सदस्य भन्छन् : ‘अवस्था जटिल छ, धेरै आशावादी छैनौं’ शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
रसुवा बाढी :  घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु शुक्रबार, भदौ १९, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्