प्रतिकात्मक तस्बिर।
काठमाडौं– काठमाडौंको कीर्तिपुर नगरपालिका–५ चारधारे नजिकैको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
धादिङ थाक्रे गाउँपालिका–३ घर भइ कीर्तिपुर बस्दै आएका सुजन लामाका छोरा ५ वर्षीय सुदिन लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।
पोखरीमा डुबेर घाइते भएका उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।