काठमाडौं- सानिमा बैंक लिमिटेडले बिहीबार काठमाडौंको चपली र भक्तपुरको बालकोटमा शाखा कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ।
चपली कार्यालयको उद्घाटन बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ र बूढानीलकण्ठ नगरपालिका-७ का अध्यक्ष बसबहादुर महर्जनले संयुक्तरुपमा गरेका थिए।
यसैगरी बालकोट कार्यालयको उद्घाटन सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सूर्यविनायक नगरपालिका-२ का अध्यक्ष कमलनाथ आचार्यले संयुक्त रुपमा गरेका थिए।
उद्घाटन समारोहमा बैंकका अध्यक्ष श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमाको देशका सातवटै प्रदेशमा ११६ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।