काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षीले चाहँदैमा सरकार ढाल्न सम्भव नभएको प्रतिक्रिया दिएका छन्।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘एमालेले चाहे एक सातामा सरकार ढाल्न सक्ने’ अभिव्यक्ति दिएपछि उनले त्यसको प्रत्युत्तर दिँदै प्रतिपक्षले चाहँदैमा सरकार ढाल्न सम्भव नभएको बताएका हुन्। ओलीले बुधबार (आज) एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा सम्बोधन गर्दै उक्त अभिव्यक्ति दिएका थिए।
शर्माले बुधबार एक ट्वीट गर्दै अहिले सरकार ढाल्नेभन्दा पनि राजनीतिभन्दा माथि उठेर नागरिकको सेवामा जुट्ने समय भएको बताएका छन्।
‘श्रद्धेय कमरेड केपी ओलीज्यू, ‘चाहे एक सातामा सरकार ढाल्न सक्छौं’ भनेर चुनौती दिने समय यो होइन। संविधानतः त्यो सम्भव पनि छैन,’ उनले ट्वीट गरेका छन्, ‘अविरल वर्षाले आक्रान्त नागरिकको सेवामा जुट्ने, राजनीतिमाथि उठ्ने र सोच्ने समय हो यो। आउनोस् उद्धार, राहत र पुनःस्थापनाको अभियानमा जुटौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।