फाइल तस्बिर
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहने हो भने सात दिनमा सरकार ढालिदिन सक्ने बताएका छन्। बुधबार एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको बैठकमा सम्बोधन गर्दै उनले सरकारमा सबै लोभीपापी भएको बताए। शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको १०० दिन पुगेकै दिन ओलीले उक्त उद्घोष गरेका हुन्।
'एमालेले ढाल्दिऊँ भन्ने हो भने, यस्तै साँठगाँठ र के जाति गठबन्धन गर्ने हो भने त हामी सात दिनभित्र ढालिदिन्छौं। लोभीपापीहरु छन्, दिए भइगयो नि। सिद्धिहाल्यो नि, ढलिहाल्छ नि। कुनचाहिँ ठूलो कुरा हो र!,' उनले भने।
उनले सरकार ढाल्न अरुलेभन्दा आफूले बढी बिलो दिनसक्ने बताए। 'अरुले पाँच बिलो लगाउनुपर्छ। हामीलाई त के छ र, सिङ्गै आफू हो,' उनको भनाइ थियो।
उनले प्रचण्डलाई मिलाउन पनि आफूले ४० प्रतिशत दिएको बताए। 'अरुले त्यो गर्नसक्छ? कांग्रेसले माधव नेपाललाई ल ४० प्रतिशत देओस् त। प्रचण्डलाई देओस् त ४० प्रतिशत। सक्दैनन्। त्यहाँ त बिलो बाँड्नुपर्छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।