काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्राकृतिक विपद्का कारण समस्यामा परेका जनताप्रति उत्तरदायी बन्न आग्रह गरेका छन्।
नेता थापाले सामाजिक सञ्जालमार्फत लगातारको वर्षाका कारण देशका कयौं ठाउँमा समस्यामा परेका जनतालाई सरकारले अभिभावक भएको आभास दिलाउने बेला आएको बताएका हुन्।
‘यो बेला नै हो सरकारले अभिभावक भएको आभास दिलाउने,’ थापाले ट्विटमा भनेका छन्, ‘प्रधानमन्त्रीज्यू, आफन्त गुमाएका, विस्थापित भएका, खेतीबाली नष्ट भएका, जोखिममा रहेका हरेकलाई बलियो ढाडस दिनुस्, दुःखमा समानुभूतिको महसुस गराउनुहोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।