काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले पछिल्लो तीन दिनमा आएको बाढीपहिरोमा फसेका व्यक्तिको उद्धार, राहत र घाइतेहरुको नि:शुल्क उपचार गर्न माग गरेका छन्।
बुधबार विज्ञप्ति जारी गर्दै प्रचण्डले बाढीपहिरोमा परेका नागरिकलाई खानपान र बसोबासको व्यवस्था मिलाउनसमेत सरकारसँग आग्रह गरेका छन्।
बाढीबाट सबैभन्दा धेरै मारमा परेका कृषकलाई कृषि सहायता कोष खडागरी राहत र क्षतिपूर्ति दिलाउन माग गरिएको छ। यस्तै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकको तत्काल खोजी गर्न संघ, प्रदेश र स्थानीय तह तीनवटै सरकारलाई आग्रह गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।