• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २३, २०८२ Fri, Feb 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवा सरकारको १०० दिने दाबी : राजनीतिक अन्योल हट्यो, राज्यकोषमा ५ अर्ब जोगियो

64x64
नेपाल लाइभ बुधबार, कात्तिक ३, २०७८  १२:४४
1140x725

काठमाडाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाको १०० दिने कार्यकालमा राजनीतिक अन्योल हटेको सरकारले दाबी गरेको छ।

सरकारका १०० दिने कार्यकालका उपलब्धी सार्वजनिक गर्दै राजनीतिक कोर्सले सकरात्मक मोड लिएको बताइएको छ। राजनीतिलाई ‘अस्थिरतातर्फ मोड्न उद्यत तत्वहरु’ कमजोर भएर मुलुकले लय समात्ने कार्य देउवाको १०० दिने कार्यकालमा भएको दाबी गरिएको छ। 

सरकारले आफ्नो कायर्यकालमा भएका उपलब्धिलाई कार्तिक ७ मा औपचारिक रुपमा घोषणा गर्ने भएको छ। अनौपचारिक रुपमा सार्वजनिक गरिएको उपलब्धिमा जनतामा नैराश्यता र अन्यौलता हटेको उल्लेख छ। जनताको चासो र गुनासो सुन्ने गरी सरकार सचेत देखिएको पनि उल्लेख गरिएको छ।

सबै छिमेकी मुलुकसँग द्धिपक्षिय हितअनुसार सम्बन्ध सुदृढ रहेको दाबीसहित देउवा सरकारले उपलब्धी सार्वजनिक गरेको छ। केपी ओली सरकारले स्वार्थ हेरेर छिमेकी मुलुकसँग सम्बन्ध बनाउन खोजेको आरोप पनि लगाइएको छ। उक्त प्रवृत्ति अन्त्य गर्न वर्तमान सरकार सफल रहेको बालुवाटारको निष्कर्ष छ।

‘देउवा प्रधानमन्त्री बनेको सय दिनमा मित्रराष्ट्र भारत, चीन र अन्य विकास साझेदार मुलुकहरुको चासो, चिन्ता र सरोकार सम्बोधन गर्न तथा विश्वास आर्जन गर्न सरकार सफल भएको छ।’ १०० दिने उपलब्धिमा परराष्ट्र सम्बन्धबारे भनिएको छ,‘दार्चुलाको तुइन काटिएको घटनामा भारत सरकारलाई कूटनीतिक नोट पठाउनेदेखि हुम्लामा चीनले सीमा मिचेको भन्ने विषयमा छानबिन गर्न समिति गठन गरेर नेपाल पहिला भन्ने विदेश नीति स्पष्ट पारेको छ।’

करिब ३३ प्रतिशत जनताले कोरोनाको दुवै खोप लगाएको सरकारी दाबी छ। सरकारले निकालेको तथ्यांकअनुसार असार मसान्तसम्ममा ४२ लाख ४८ हजार खोप उपलब्ध थियो। देउवा सरकार बनिसकेपछि खोपको मात्रालाई बढेको आँकडा देखाइएको छ। कात्तिक १ सम्म एक करोड ५० लाख ४८ हजार २८८ डोज खोप उपलब्ध भएको जानकारी गराइएको छ। थप दुई करोड ४१ लाख ५८ हजार ७६० डोज खोप आपूर्ति प्रक्रियामा रहेको सरकारले जनाएको छ। 

आर्थिक अनियमिततालाई नियन्त्रण गरी सरकारी कोषमा रकम बढाइएको देउवाको सचिवालयले जनाएको छ। भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च, अनुगमन, मूल्यांकन तथा भ्रमण जस्ता कार्यमा मितव्ययिता अपनाउँदा राज्यकोषमा ५ अर्ब जोगिएको दाबी पनि गरिएको छ। उक्त जोगिएको रकम कोभिड नियन्त्रणमा लागि प्रयोग गरेको बताइएको छ।

देउवा सचिवालयले प्रकाशित गरेका सरकारका सय दिने उपलब्धीको पूर्ण पाठः

Ncell 2
Ncell 2

राजनीतिक अन्यौलताको अन्त्य
पछिल्लो समय पटक पटक संसद विघटन गर्ने अघिल्लो सरकारको कामले मुलुक राजनीतिक संक्रमणको अवस्थामा गुज्रिरहेको थियो। अघिल्लो सरकारले जनताको म्याण्डेट अनुसार काम नगरी सत्ताको दाउपेचमा अल्झिदा दुइ दुई पटकसम्म संघीय संसद विघटन गरेर अस्थिरता तर्फ मुलुकलाई मोड्ने प्रयाश भएका थिए। प्रधानमंत्री शेरवहादुर देउबाको नेतृत्वमा वर्तमान सरकार गठन भएपछी राजनीतिक अस्थिरताको अन्त्य भएको छ र सरकार गठनको सय दिनमा राजनीतिक कोर्सले सकरात्मक बाटो पहिल्याएको छ । मुलुकलाई राजनीतिक अस्थिरतातर्फ मोड्न उद्यत तत्वहरु कमजोर भएर मुलुकले अहिले लय समातेको अवस्था छ । संसद विघटनको श्रृखलानै थालेको अघिल्लो सरकारका कारण जनतामा नैराश्यता र सबै क्षेत्रमा अन्यौलताको अवस्था छाएको थियो भने वर्तमान सरकारले सबै दलहरुलाई सहमति, सहकार्य र एकताको मालामा गासेर त्यो नैराश्यता र अन्यौलता हटाएको छ। 

संसद विघटन विरुद्ध एक ढिक्का भएका सत्तारुढ दलहरुबीच सरकारमा पनि सहकार्य देखिएको छ। सत्तामा सहभागि केही दलको आन्तरिक संगठन निर्माण लगायतका कामका कारण मन्त्रिपरिषद् विस्तारमा केही समय लागेपनि अहिले पूर्णता पाएको अवस्था छ । सरकार राजनीतिक दल, नागरिक समाज लगायत सबै क्षेत्रलाई समेट्दै अघि बढेको छ । जनताको चासो र गुनासो सुन्ने गरी सरकार सचेत देखिएको छ। 

‘नेपाल पहिला’ विदेश नीति
सरकारले सय दिनको अवधिमा बीपी कोइरालाले सुरु गरेको असंलग्न परराष्ट्र नीतिलाई अंगिकार गरेको छ। छिमेकी मित्र राष्ट्र र विकास साझेदार मुलुकहरुसँग सम्बन्ध सुधार भएका छन्। अघिल्लो सरकारको स्वार्थ हेरेर सम्वन्ध बनाउन खोज्ने प्रवृत्ति अन्त्य गरेर सबै छिमेकी मुलुकसँग द्धिपक्षिय हित अनुसार सम्वन्ध सुदृण बन्दै आएको छ। 

ओली सरकारले भद्रगोल बनाएको अन्तराष्ट्रिय सम्बन्धलाई सही दिशामा अघि बढाउन देउवा सरकार अग्रसर भएको देखिन्छ। मित्र राष्ट्रहरुसँगको असल सम्बन्धबाहेक ठूलो राष्ट्रवाद अरु केही हुन सक्दैन भन्ने दृष्टिकोण प्रधानमन्त्री देउवामा रहेको छ। सोहीअनुरुप राजनीतिक स्वर्थका लागि होइन, राष्ट्रिय हित र स्वाभिमानका लागि परराष्ट्र नीतिलाई प्रयोग गर्ने मार्गमा सरकार अघि बढेको छ। देउवा प्रधानमन्त्री बनेको सय दिनमा मित्रराष्ट्र भारत, चीन र अन्य विकास साझेदार मुलुकहरुको चासो, चिन्ता र सरोकार सम्बोधन गर्न तथा विश्वास आर्जन गर्न सरकार सफल भएको छ।

सदियौँदेखिको कसैसँग पनि नढल्कने भन्ने नीति देउवा सरकारले लिएर सबै मुलुकहरुसँगको सम्बन्धमा सुधार गरेको छ। दार्चुलाको तुइन काटिएको घटनामा भारत सरकारलाई कुटनीतिक नोट पठाउनेदेखि हुम्लामा चीनले सीमा मिचेको भन्ने विषयमा छानविन गर्न समिति गठन गरेर नेपाल पहिला भन्ने विदेश नीति स्पष्ट पारेको छ। देउवा सरकारको स्पष्ट विदेश नीतिकै कारण अघिल्लो सरकारको बेलाम अड्किएर बसेको खोप आउने र नयाँ सम्झौता भएर धमाधम खोप आएको छ। यसले देउवा सरकार खोप कुटनीतिमा पनि सफल देखिएको छ। 

कोभिड–१९ नियन्त्रणतर्फ
प्रधानमन्त्रीको रुपमा सपथ लिनु अघि मुलुक कोरोना भाइरसको महामारीमा गुज्रिरहेको थियो। अघिल्लो सरकारको बेवास्थाका कारण कोरोनाको संक्रमण तीव्र थियो भने अस्पतालहरु विरामीले भरिभराउ थिए । मुलुक लकडाउनको अवस्थामा थियो। तर सरकारले पहिलो दिनदेखिनै आफ्नो सबै शक्ति कोरोनाको रोकथाम, नियन्त्रण र उपचारमा केन्द्रित गरेर अहिले कोरोनाको संक्रमण दर ज्यादै न्यून अवस्थामा आएर नियन्त्रर्णतर्फ अघि बढेको छ। 

प्रधानमन्त्री नियुक्त भएपछिको संसदका पहिलो बैठकमा प्रधानमन्त्रीले आफ्नो सरकारको प्रथामिकता नै कोरोना नियन्त्रण र त्यसको लागि खोप भन्नु भएको थियो। यो सय दिनको अवस्थामा उहाँले भनेझैँ नै कोरोना लगभग नियन्त्रणको अवस्थामा पुगेको छ। कोरोनाको संक्रमण ओरालो लागेकाले लकडान खुला भएको छ। पेशा व्यवशाय र मानिसहरुको आवत जावत सहज भएको छ। 

यता देशभर झण्डै ३३ प्रतिशत खोप लगाउन योग्य नागरिकहरुलाई दुवै डोज खोप लगाईसकिएको छ। असार मसान्तसम्ममा ४२ लाख ४८ हजार खोप उपलब्ध भएकोमा कात्तिक १ गतेसम्म एक करोड ५० लाख ४८ हजार २८८ डोज खोप उपलब्ध भैसकेको छ। त्यस्तै दुई करोड ४१ लाख ५८ हजार ७६० डोज खोप आपूर्ति प्रक्रियामा छ। 

वर्तमान सरकारको यसबीचको कार्यकालमा स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई लगानीको सुरक्षा हुनेगरी लगानीमैत्री वातावरण बनेको उपलब्धि सार्वजनिक गरिएको छ। ‘लगानीकर्ताहरुमा  सरकारसँग भरोसा भएको देखिएको छ। आर्थिक क्षेत्रमा देखिएका केही विसंगतीलाई नियन्त्रण गर्ने तर्फपनि सरकारले केही नीतिगत निर्णयहरु गरेको छ।’ सरकारका उपलब्धीमा उल्लेख छ। 

असार मसान्तमा ५.१ प्रतिशतले पूर्ण खोप लगाएकोमा कात्तिक १ गतेसम्म ३३ प्रतिशतले पूर्ण डोज खोप लगाइसकिएको अवस्था छ। 

हालसम्म संक्रमित मध्य ९७.१ प्रतिशत संक्रमण मुक्त भैसकेका छन्। त्यस्तै भाइरसको सम्भावित परिवर्तनलाई निगरानी गर्नेगरी जिन स्विक्वेन्सिङ नेपालमै हुने व्यवस्था मिलाईएको छ। यसअघि यसका लागि विदेश पठाउनु पर्ने बाध्यता थियो। अस्पतालहरुमा भेन्टिलेटर, आईसीयू र वेडहरु थप भएका छन्। कोरोनाको परिक्षण पनि देशभर बृद्धि गरिएको छ। यो सबै तथ्यांकले कोरोना लगभव नियन्त्रणतर्फ उन्मुख भएको छ। 

लगानीमैत्री वातावरणको सृजना
यो सरकार आउँदा आर्थिक क्षेत्रमा वेथिती थियो। अघिल्लो सरकारले यदी लगालग दुई वर्ष ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि दर सुनिश्चित भएको अर्थतंत्र उत्तराधिकारको रुपमा पाएको थियो भने यो सरकारले ऋणात्मक वृद्धि दर भएको शिथिल अर्थतन्त्र उत्तराधिकारको रुपमा पाएको छ। यो अप्ठेरो परिस्थितीबाट अघि बढ्न समष्टिगत आर्थिक क्षेत्रलाई स्थिर बनाउने र लगानी वृद्धि गर्ने लक्ष लिएर सरकार अघि बढेको छ। यसको लागि सरकारले स्वदेशी र विदेशी लगानीकर्ताहरुलाई लगानीको सुरक्षा हुने गरी लगानीमैत्री वातावरण बनाएको छ। लगानीकर्ताहरुमा पनि सरकारसँग भरोसा भएको देखिएको छ।

आर्थिक क्षेत्रमा देखिएका केही विसंगतिलाई नियन्त्रण गर्नेतर्फ पनि सरकारले केही नीतिगत निर्णयहरु गरेको छ। शेयर बजारमा देखिएको भित्रभित्र हुने खरिद बिक्रीलाई नियन्त्रण गरेर लगानीकर्ताहरुमा भोलि हुन सक्ने जोखिमलाई सरकारले न्यूनिकरण गरेको छ। पुँजीबजारमा अराजकता अन्त गर्न ठोस प्रयत्न शुरु गरेको छ र अनियमितताको छानबिन गरी दोषीलाई कारबाही गरेर पुँजीबजारको इन्टेग्रिटी कायम गर्न प्रयास गरिएको छ।  

आर्थिक गतिविधी बढाउन सरकारले मुलुकभित्रै एसेम्ब्ली गर्ने उद्योगहरुदेखी स्वदेशमा स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योगलाई प्रोत्साहन दिने कार्यक्रम ल्याएको छ। प्रत्येक पालिकामा कम्तिमा ५०० युवाहरुलाई स्वरोजगार बनाउन सहुलियतपूर्ण कर्जा विस्तार गरिने कार्यक्रम सुरु गरिएको छ। लगानीमा ईपीसीएफ लगायतका नयाँ विधी प्रयोग गर्ने,  पूर्वाधार विकासका लागि पुर्वाधार बोन्ड, ब्लेन्डेड फाइनान्स जस्ता नयाँ उपकरणहरुको सुरुवात गर्ने दिशामा मुलुकलाई लगिएको छ।

रिमोट लर्निङबाट गुणस्तरीय शिक्षामा पहुँच
सरकारले आधुनिक शिक्षा प्रणाली कार्यन्वयन गर्नेगरी भौतिक पूर्वाधार र मानव संशाधनको व्यवस्थापन गरेको छ। ग्रामीण क्षेत्रमा पनि शिक्षाको गुणस्तर वृद्धि गर्न आधुनिक प्रविधिहरुसँग जोड्ने काम गरेको छ। 

सरकारले यसै वर्षदेखि ग्रामीण प्रविधि विकास कोषको रकम समेत उपभोग गरेर  सूचना प्रविधिको माध्यमबाट दुर्गम क्षेत्रका विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा प्रक्रिया अघि बढाएको छ। सोही अनुसार रिमोट लर्निङ विधिबाट दुर्गम क्षेत्रमा विद्यालय र क्याम्पसहरुमा गुणस्तरीय शिक्षा पुर्याउने प्रक्रिया द्रुत रुपमा अघि बढाएको छ।  

आर्थिक मितव्ययीता 
अघिल्लो सरकारको पालामा खोप खरिदको लागि आन्तरिक स्रोत जोहो नगरिएको परिप्रेक्षमा यस सरकारले आउने वित्तिकै मितव्ययीताको नीति अघी सारेर चालु खर्चका बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च, अनुगमन, मूल्यांकन तथा भ्रमण खर्च जस्ता शीर्षकका खर्च कम गरी रु. ५ अर्ब जोगाएर त्यसलाई कोभिड खरिदको लागि प्रयोग गरेको छ। त्यसबाहेक सार्वजनिक जीवनका अन्य विभिन्न पक्षमा पनि मितव्ययी व्यवहार अपनाएको छ र सुशासनलाई जोड दिएको छ।

सरकारले जथाभावी ऋण लिने प्रवृत्ति निरुत्साहित गर्दै यस वर्ष प्रतिस्थापन विधेयकमार्फत प्रक्षेपित आन्तरिक तथा बाह्य ऋण रु. ३७ अर्बले घटाएको छ। जथाभावी स्रोत सुनिश्चितता दिने प्रवित्तिमा अंकुश लगाउन थालिएको छ। सरकारले यो महामारीको बेला अनावस्यक खर्च कटौती गर्ने नीति लिएको छ। संघीय र प्रदेश सांसदहरुलाई दशैँ भत्ता कटौती गरेको छ। 

जसका कारण हुने सक्ने लगानीको जोखिमहरुलाई न्यूनिकरण गर्न सहयोग पुग्ने आशा गरिएको छ। सरकारले ई-गभरनेन्सलाई प्रोत्साहन गर्दै सरकारी कार्यालयहरुलाई पेपरलेस बनाउने कार्यलाई पनि प्रभावकारी रुपमा अघि बढाएको छ । 

सामाजिक सुरक्षामा नयाँ आयाम 
मिर्गाैला, क्यान्सर तथा पक्षघातका निश्चित बिरामिहरुलाई उपचार खर्च वापत मासिक रु. ५ हजार दिने व्यवस्था मिलाइएको छ भने द्वन्दपीडित परिवारको जीवनवृत्तिको लागि दीर्घकालीन रुपमा योगदान दिने गरी मासिक रु. ३ हजार प्रदान गर्ने व्यवस्था सुरु गरिएको छ। अर्कोतिर कोभिडले असर परेका अती विपन्न तथा यसअघि घोषणा गरिएका राहत कार्यक्रमले नछोएका असंगठित क्षेत्रका कामदारलाई सहयोग स्वरुप रु. १० हजार दिने घोषणा गरी त्यसको लागि कार्यविधी तयार गरिएको छ। सरकारको यो निर्णयले सरोकारवालालाई निकै राहत दिएको छ। 

विपत्तिमा तत्काल सम्बोधन
सरकारले बाढी, पहिरो, डुबानलगायतका प्राकृतिक विपत्तिमा पनि तत्काल रेस्पोन्स गरेर जनताको दुखमा सारथि बन्ने गरेको छ। सिन्धुपाल्चोकको बाढी होस् वा  सुदूरपश्चिम लगायतमा क्षेत्रमा देखिएको विपत्तिमा सरकारले तत्काले उद्दार र राहत सामग्री पुर्‍याएको छ। विपत्तिले विनास गरेका भौतिक पूर्वाधारहरुको निर्माण कार्यलाई पनि तदारुकताका साथ अघि बढाएको छ।

प्रकाशित मिति: बुधबार, कात्तिक ३, २०७८  १२:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पाकिस्तानमा शिया मस्जिदमा विस्फोट, ३१ जनाको मृत्यु
२४ वटा दल र उम्मेदवारले बुझाए आयोगमा जवाफ
मौसम विभागसँग निर्वाचन आयोगले सोध्यो- फागुनमा पानी पर्छ कि पर्दैन?
सम्बन्धित सामग्री
झुटा सूचनाले समाजलाई गम्भीर समस्याः उपाध्यक्ष पौडेल “समाजमा झुटो सूचनाको बिगबिगी छ । सामाजिक सञ्जाल झुटो सूचना फैलाउने माध्यमका रुपमा विकास भइरहेका छन्, यसलाई रोक्न सकिएन भने समाजमा गम... शुक्रबार, माघ २३, २०८२
पोखरा पुगेर गगनले भने- आगो लगाउने होइन, देश सम्हाल्ने शक्ति चाहिएको छ ‘देश सम्हाल्ने शक्ति चाहिएको छ अहिले । आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ । त्यो तागत हामीले राख्नुप... शुक्रबार, माघ २३, २०८२
एमाले अध्यक्ष ओली आज झापा जाँदै झापा ओलीको गृह जिल्ला पनि हो । उनी निकट स्रोतका अनुसार ओली हवाई मार्गमार्फत मध्यान्ह झापा जाने बताइएको छ । शुक्रबार, माघ २३, २०८२
ताजा समाचारसबै
पाकिस्तानमा शिया मस्जिदमा विस्फोट, ३१ जनाको मृत्यु शुक्रबार, माघ २३, २०८२
२४ वटा दल र उम्मेदवारले बुझाए आयोगमा जवाफ शुक्रबार, माघ २३, २०८२
मौसम विभागसँग निर्वाचन आयोगले सोध्यो- फागुनमा पानी पर्छ कि पर्दैन? शुक्रबार, माघ २३, २०८२
ट्रम्पले गरे ओबामालाई बाँदरको चित्रण शुक्रबार, माघ २३, २०८२
कृषि मन्त्रालयद्वारा स्थानीय तहमा कार्यरत प्राविधिकहरूको विवरण माग शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
विनितालक्षित ज्ञानेन्द्र शाहीको जवाफ– मेरो उम्मेदवारी कुनै पार्टी र व्यक्तिका विरुद्धमा होइन बिहीबार, माघ २२, २०८२
घाँटीमा सिरिन्ज रोपेर झापामा एकजनाको हत्या शुक्रबार, माघ २३, २०८२
काठमाडौंमा १ करोडको गहना चोर्नेलाई प्रहरीले गोली हानेर समात्यो, ट्रमा सेन्टरमा उपचार हुँदै बिहीबार, माघ २२, २०८२
आज क्यानडाविरुद्धको वार्म अपमा दीपेन्द्रले कप्तानी गर्ने बिहीबार, माघ २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
सुनको मूल्य घट्यो बिहीबार, माघ २२, २०८२
दीपेन्द्र र आरिफको अर्धशतकमा यूएईविरुद्ध सात विकेटको जित मंगलबार, माघ २०, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्