काठमाडौं- सूचना प्रविधिलाई करिअर बनाउने अभियानमा लागेका युवाहरूको योजना यूएईस्थित दुबई इन्टरनेट सिटी (डीआइसी) ले पूरा गर्ने भएको छ।
डीआइसीले सन् २०२५ सम्म यहाँ कार्यरत कर्मचारी बृद्धि गर्दै ४० हजार पुर्याउने लक्ष्य राखेको कम्पनीका बरिष्ठ अधिकारीले बताएका छन्।
डीआइसीमा हाल १६ सय कम्पनी आवद्ध छन्। जसमा २५ हजार कर्मचारी कार्यरत रहेको बताइन्छ।
२०२५ सम्म डीआइसीमा १५ हजार थप कर्मचारी भर्ती गरिने बताइएको छ। डीआइसीका कार्यकारी निर्देशक अमेर अल–मलिकका अनुसार आउँदो ३–४ वर्षमा २–३ वटा ठूला कम्पनी यसमा आवद्ध हुने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।