काठमाडौं- सुनसरीको धरानमा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ। मंगलबार परेको अबिरल बर्षाको कारण घर पुरिँदा दुई बालबालिकाको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।
प्रहरीका अनुसार मृत्यु हुनेमा धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने निसान राईको छोरी ८ वर्षीया निसु राई र छोरा ४ वर्षीय निहान राई रहेका छन्।
आज दिउँसो पौने २ बजे घरमाथिबाट पहिरो झर्दा एक तले टिनको छाना भएको घर पुरिँदा सो भित्र रहेका दुई बालबालिकासमेत पुरिएका हुन्।
घटनाको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय, धरानबाट उद्धारको लागि प्रहरी टोली खटि गएको थियो।
उद्धारमा खटिएको टोलीले दिउँसो साढे ३ बजे दुई बालबालिकालाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।