फाइल तस्बिर
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधि सभाको बैठक सार्न निवेदन दिएपछि बैठक सारिएको छ।
कात्तिक ९ गते मंगलबार १ बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक ११ गते बिहीबार २ बजेका लागि सारिएको हो।
कात्तिक ९ गते एमालेको पालिका अधिवेशन तोकिएकाले उक्त दिन प्रतिनिधि सभा बैठक सार्न एमालेका तर्फबाट खगराज अधिकारीसहितले संघीय संसद् सचिवालयमा निवेदन दिएका थिए।
दोस्रो पटक पुन:स्थापित प्रतिनिधि सभामा एमालेले लगातार अवरोध गर्दै आएको छ। शेरबहादुर देउवा प्रधानमन्त्री भएदेखि नै एमालेले संघीय संसद्को दुवै सदनमा विरोध जनाउँदै आएको छ।
सभामुख अग्निप्रसाद सापकोटाको भूमिका र एकीकृत समाजवादी पार्टीका सांसदहरुको विवादमा एमालेले अवरोध गर्दै आएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।