फाइल तस्बिर
काठमाडौं- सरकार र आमरण अनसनरत रुवी खानसहित नेपालगञ्जबाट आएर धर्नामा बसेका महिलाहरुबीच सहमति भएको छ।
सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गर्ने सहमति भएको हो। सहमतिबारे अहिले केहीबेरमा माइतीघर मण्डलामा पत्रकार सम्मेलनमार्फत् जानकारी दिइने मानवअधिकारकर्मी मोहना अन्सारीले जानकारी दिइन्।
नेपालगञ्जका दुई हिंसाको घटनामा प्रहरीको अनुसन्धानमा असन्तुष्टि जनाउँदै नेपालगञ्जका ११ महिलासहित १४ जना २० दिन हिँडेर न्यायको खोजीमा काठमाडौं आएका थिए। उनीहरुले माइतीघर मण्डलामा लगातार धर्ना दिइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।