काठमाडौं– माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति गठन गरेको छ। माओवादी केन्द्रकाे आज बसेकाे केन्द्रीय समिति बैठकले १४९ सदस्य केन्द्रीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गर्ने निर्णय गरेको हो।
यसैगरी, बैठकले २५–२५ सदस्यीय निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोगसमेत गठन गरेको छ। निर्वाचन आयोग विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा, लेखा आयोग पेशलकुमार पोखरेलको अध्यक्षतामा र अनुशासन आयोग टंक राईको अध्यक्षतामा बनाइएको छ।
भूगोलभन्दा बाहिर काम गर्नेहरुको विशेष समिति १७५ सदस्यीय गठन गरिएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।