काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ। सामेबारेदेखि जारी स्थायी समिति बैठकले पार्टी सदस्यता नवीकरण, पालिका सम्मेलन, प्रदेश सम्मेलनलगायतको मिति संशोधन गरेको हो।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (मंगलबार) बिहान बसेको स्थायी समिति वैठकले पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थप गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।
टोल सम्मेलन कात्तिक २७ गतेसम्म, वडा सम्मेलन मंसिर ४ गतेसम्म, पालिका सम्मेलन मंसिर ११ गतेसम्म र प्रदेश सम्मेलन मंसिर २५ गतेसम्म म्याद थपिएको उनले जानकारी दिए। पुस १७ गतेदेखि माओवादीले राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ। माओवादी स्थायी समितिको अर्को बैठक आगामी बिहीबार बस्ने प्रवक्ता महराले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।