काठमाडौं– नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि बस्ने भएको छ।
यसअघि सोमबार बसेको बैठकमा राष्ट्रिय सम्मेलनका विषयमा छलफल भएको थियो। थप छलफल गर्नु पर्ने भएकाले आज (मंगलबार) बिहान ८ बजे कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा बैठक माओवादीका प्रवक्ता कृष्णबहादुर महराले बताएका थिए।
आज पनि बैठक राष्ट्रिय सम्मेलनका विषयमा केन्द्रित रहने जनाइएको छ। सोमबारको बैठकमा पनि आगामी राष्ट्रिय सम्मेलन, प्रदेश सम्मेलन, स्थानीय तह सम्मेलन, पार्टी सदस्यता नविकरण तथा पार्टीको विभाग गठन गर्ने विषयमा छलफल भएको थियो।
कात्तिक १३ गते वडा र मङ्सिर ४ गते पालिकाको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ । सो पार्टीले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने तयारी गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।