फाइल तस्बिर
काठमाडौं- जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले बिहानदेखि परेको वर्षाका कारण महाकाली नदीमा बहाव बढेको जनाउँदै डडेलधुरा र कञ्चनपुर जिल्लाका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले सोमबार साँझ सूचना जारी गर्दै डुबान भइरहने होचा भूभागका स्थानीयलाई भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको हो।
'महाकाली नदी पारीगाउँ जल मापन केन्द्रमा नदीको जलसतह बढेर सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले डडेलधुरा र कञ्चनपुर जिल्लाका तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनुहुनेहरूले भोलि बिहानसम्मै उच्च सतर्कता अपनाऔँ,' महाशाखाको सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।