काठमाडौं- नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ अस्पताल भर्ना भएका छन्। स्वास्थ्यमा समस्या आएपछि उनलाई आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो।
सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पताल पुगेर वैद्यको स्वास्थ्यस्थितिबारे जानकारी लिए।
पारिवारिक स्रोतका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि वैद्यलाई अस्पताल भर्ना गरिएको हो।
वैद्य लामो समयदेखि दमको बिरामी छन्। प्रायः जाडोमा उनको स्वास्थ्यमा समस्या आउने गरे पनि यसपालि भने जाडो सुरु नहुँदै दमले सताएको पारिवारिक स्रोतले जनाएको छ।
स्वास्थ्यमा समस्या भएपछि केही दिनदेखि उनी घरमै अक्सिजनको सहायतामा उपचाररत थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।