काठमाडौं- नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ को स्वास्थ्य अवस्था बुझ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नर्भिक अस्पताल पुगेका छन्।
श्वासप्रश्वासमा समस्या देखिएपछि आइतबार नर्भिकमा भर्ना भएका वैद्यको अस्पताल पुगेर प्रचण्डले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।
लामो समयदेखि दमका बिरामी रहेका वैद्य केही दिनदेखि घरमै अक्सिजनको सहायतामा उपचाररत् थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।