काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा आगामी राष्ट्रिय सम्मेलनका विषयमा छलफल भएको छ। सोमाबार पार्टी कार्यालय पेरिसडाँडामा सम्पन्न बैठकमा राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गरेको प्रवक्ता कृष्णबहादुर महरालले बताए।
‘आजदेखि ठकमा राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल सुरु भएको छ,’ उनले भने, ‘अव मंगलबार बिहान ८ वजे पुनः बैठक बसी थप छलफल हुनेछ।’
माओवादीले यही पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दै छ। स्थानीय सम्मेलन, विभाग गठन तथा पुर्नगठन र पार्टी सदस्यता नवीकरणका विषयमा समेत छलफल सुरु भएको उनले जानकारी दिए।
पार्टीभित्र कुनै खटवट वा विवाद नभएकाले छलफलमा सवै विषय उठेको उनले दावी गरे। भोलिको बैठकमा सवै विषयमा खुला छलफल हुने र आजै कुनै निर्णय नभएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।