काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा जारी छ।
केहीबेरअघि सुरु भएको स्थायी समिति बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको एक नेताले बताए।
अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ सहित अधिकांश नेता सहभागी बैठकमा पार्टी संगठनका विषयमा समेत छलफल हुने उनले बताए।
बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आगामी महाधिवेसनलगायत विषयमा छलफल भइरहेको छ।
कात्कति १३ गते वडा र मङ्सिर ४ गते पालिकाको सम्मेलन गर्ने माओवादी केन्द्रको तयारी छ । साे पार्टीले पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने तयारी गरिरहेकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।