काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा केन्द्रीय सचिवालय गठन गरेको छ। ३३५ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिँदै एकीकृत समाजवादीले शक्तिशाली केन्द्रीय सचिवालय गठन गरेको हो।
एकीकृत समाजवादीको अन्तरपार्टी निर्देशन (अपानि)-२ मा केन्द्रीय सचिवालयको स्वरुप प्रस्ट्याइएको छ। जसअनुसार सचिवालयमा अध्यक्ष नेपालसहित नेताहरु झलनाथ खनाल, मुकुन्द न्यौपाने, राजेन्द्रप्रसाद पाण्डे, प्रमेश हमाल, जयन्ती राई, बेदुराम भुसाल, प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल र जगन्नाथ खतिवडा रहने छन्।
त्यस्तै, महासचिव बेदुराम भुसालको नेतृत्वमा केन्द्रीय कार्यालय गठन गरिएको छ। केन्द्रीय कार्यालयमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल र जगन्नाथ खतिवडा सदस्य रहेका छन्।
समाजवादीले केन्द्रीय अनुशासन आयोगको अध्यक्षको जिम्मेवारी शिबबहादुर देउजा र केन्द्रीय लेखापरीक्षण आयोगको जिम्मेवारी भरतकुमार श्रेष्ठलाई दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।